रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
२६ पटक हेरिएको
Shares
रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म करिव २५ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ ।
  • बिहीवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले उक्त जानकारी गराएको छ ।
  • सहकारी ठगी, सम्पती शुद्धीकरण र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि भैरहवा कारगारमा रहेका पार्टी सभापति  रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान शुरु गरिएको थियो ।

१ साउन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म करिव २५ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले उक्त जानकारी गराएको छ । सहकारी ठगी, सम्पती शुद्धीकरण र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि भैरहवा कारगारमा रहेका पार्टी सभापति  रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान शुरु गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै हस्ताक्षर अभियानका संयोजक दीपक बोहराले संसारभर हस्ताक्षर अभियान जारी रहेको बताउनु भयो । उहाँले हाल हस्ताक्षर अभियान प्रदेश र पालिका कमिटीले सञ्चालन गरिरहेको उल्लेख गर्दै साउन ५ गतेदेखि वडास्तरमा घरदैलो कार्यक्रम गरिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हस्ताक्षर अभियान देशभरी नै भइरहेको छ । रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान असार सात गते काठमाडौंको माईतीघरबाट शुरु भएको हो । देश–विदेशमा हालसम्म २५ दिन अभियान चलेको छ । अभियान अझै जारी गरेको छ । अहिलेसम्म हस्ताक्षर अभियानको नेतृत्व, प्रदेश, जिल्ला र स्थानीय कमिटिले अभियानको नेतृत्व गरेको छ भने साउन पाँच गतेदेखि वडा समितिले यो अभियानलाई धरदैलो कार्यक्रम शुरु गर्नेछौं ।

अब पाँच साउनदेखि घर घर जानेछौं । विदेशका विभिन्न ठाउँहरुमा पार्टीका केन्द्रिय नेताहरु नै सहभागि हुनुहुनेछ । अहिलेसम्म जम्मा २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर संकलन भएका छन् ।’ त्यस्तै पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक समेत सार्वजनिक गरेको छ । अगामी कात्तिक १७ गते रूपन्देही– ३ हुने उपनिर्वाचनको उम्मेदवार तय गर्नको लागि उम्मेदवारको मापदण्ड तय गरी सार्वजनिक गरेको हो । भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार–पसार, लागुऔषध कारोबार, निकासी वा पैठारी, सम्पती शुद्धीकरण, अपहरण, हत्या वा अन्य नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको, अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भएपनि त्यसको अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको, पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध र अन्य कुनै राजनीतिक दलसँग आवद्ध नरहेको हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?