प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र

सारांश

  • प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापामा विशला जनप्रदर्शन गर्ने भएका छन् ।
  • एमालेको ब्यानरमा आयोजना हुने उक्त जनसभामा एक लाख मान्छे तयारी भएको शीर्ष नेताहरुले जनाएका छन् ।
  • एमालेले यही चैत्र ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले जानकारी दिए ।

 

काठमाडौं, १५ चैत्र ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापामा विशला जनप्रदर्शन गर्ने भएका छन् । एमालेको ब्यानरमा आयोजना हुने उक्त जनसभामा एक लाख मान्छे तयारी भएको शीर्ष नेताहरुले जनाएका छन् । एमालेले यही चैत्र ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले जानकारी दिए । उनै राईले उक्त जनसभामा एक लाख जनता उतार्ने घोषणाा गरेका हुन् ।

प्रतिगामीहरुलाई टाउको उठाउन नदिने एमालेको तयारी छ । यता, काठमाडौंमा भने आज माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपासम्मिलित समाजवादी मोर्चाले जनप्रदर्शन गर्दैछ । आजको प्रदर्शनमा डेढ लाख जनता उतार्ने मोर्चाको दाबी छ । राजावादीहरुले दिनानुदिन व्यवस्था फाल्ने भनेर प्रदर्शन गर्न थालेपछि गणतन्त्र पक्षधरहरु पनि काउन्टर प्रदर्शनमा उत्रिन थालेका छन् । समाजवादी मोर्चाको आजको प्रदर्शनलाई लिएर एमाले महासचिव शंकर पोखरेलले सकारात्मक कदम भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?