सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल

सारांश

  • सूचनाको हकका लागि राष्ट्रिय (आरटिआई) महासङ्घले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सकिने भएकाले यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए।
  • सूचनाको हकका विषयमा सरोकारवाला सबैलाई राखेर दसैँपछि छलफल गरिने प्रतिबद्धता उनले जनाए।
  • महासङ्घले ध्यानाकर्षण पत्रमार्फत् राष्ट्रिय सूचना आयोगका वर्तमान पदाधिकारीको पुनरवलोकन र आवश्यक पुनःगठन गरी सूचनाको हक प्रवद्र्धनमा जिम्मेवार र सक्षम नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

१० असोज्का, ठमाडौँ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाएका छन्। सूचनाको हकका लागि राष्ट्रिय (आरटिआई) महासङ्घले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सकिने भएकाले यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए।

सूचनाको हकका विषयमा सरोकारवाला सबैलाई राखेर दसैँपछि छलफल गरिने प्रतिबद्धता उनले जनाए। महासङ्घले ध्यानाकर्षण पत्रमार्फत् राष्ट्रिय सूचना आयोगका वर्तमान पदाधिकारीको पुनरवलोकन र आवश्यक पुनःगठन गरी सूचनाको हक प्रवद्र्धनमा जिम्मेवार र सक्षम नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ। सूचना उपलब्ध गराउने प्रक्रिया सरलीकरण गरी नागरिकलाई सहज, छिटो र न्यूनतम् लागतमा सूचना उपलब्ध गराइने व्यवस्था लागू गर्नुपर्ने महासङ्घका अध्यक्ष उमीद बागचन्दले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
ट्याक्टरको ठक्करले युवा संघका नेताको मृत्यु
ट्याक्टरको ठक्करले युवा संघका नेताको मृत्यु
एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन
एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव
अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना