भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु

सारांश

  • भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ ।
  • अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्।
  • यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ ।

 

८ मंसिर, काठमाडौं ।

भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ ।

डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सी र उनकी श्रीमती दुई रातसम्म घरको छतमा फसे । ‘हाम्रो गाउँ–छिमेक लगभग पूर्ण रूपमा नष्ट भयो, केही पनि बाँकी रहेन। चिहानहरू समेत ढाकिए,’ उनीहरुले एएफपीसँग भनेका छन् । छतमा चढ्न सफल भए पनि आफूहरू सुरक्षित महसुस नगरेको उनीहरुले बताएका छन् । नोभेम्बर १६ पछि दर्ता भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । प्रान्तमा दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले जनाएको छ । सामान्यतया बाढीबाट जोगिन स्टलहरूलाई करिब पाँच सेन्टिमिटर उचाइमा राखिन्थ्यो, तर यसपटक पानी एक मिटरभन्दा माथि पुग्दा त्यो उपाय पनि निकम्मा भएको छ । गत हप्तामा डाक लाकसहित पाँच प्रान्तमा ८० हजार हेक्टरभन्दा बढी चामल र अन्य बाली नष्ट भएको थियो भने करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा मरेका वा बाढीमा बगेको अधिकारीहरुले बताएका छन् ।

सरकारले बाढी–पीडितलाई राहत बाँड्न हेलिकप्टर परिचालन गरेको छ । दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी खानेकुरा र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको राज्य सञ्चालित टुओई ट्रे न्युजले जनाएको छ । राष्ट्रिय राजमार्गका धेरै खण्ड अझै अवरुद्ध छन् भने कतिपय रेलवे सेवा स्थगित भएको छ । भियतनामको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यो वर्ष जनवरीदेखि अक्टोबरसम्म प्राकृतिक प्रकोपका घटनाले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ । कुल क्षति दुई अर्ब डलरभन्दा माथि पुगेको छ । दक्षिणपूर्वी एसियाली मुलुकमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ । तर विज्ञहरुले मानवसिर्जित जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटना थप बारम्बार र विनाशकारी हुने चेतावनी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकाली नदीमा खसेर एक युवक बेपत्ता
महाकाली नदीमा खसेर एक युवक बेपत्ता
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हिजो तोलामा १४ सय बढेको सुनको मूल्य आज घट्यो
हिजो तोलामा १४ सय बढेको सुनको मूल्य आज घट्यो
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने
लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र
लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र