कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ
सारांश
- कैलालीमा चितुवाको छालासहित एकजना युवक पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
- उनकाअनुसार साउँदलाई सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ नायव निरीक्षक बासुदेव अवस्थी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

२९ माघ, नगढी । कैलालीमा चितुवाको छालासहित एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार साउँदलाई सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ नायव निरीक्षक बासुदेव अवस्थी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया