काम खोज्दै ११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
काम खोज्दै ११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा

सारांश

  • चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेशिएका छन् ।
  • वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् ।
  • यस अनुसार हरेक महिना औसत ६९ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

८ असार, काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेशिएका छन् ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस अनुसार हरेक महिना औसत ६९ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै यूएईमा युवाले श्रम स्वीकृति लिएका छन् । यसबाहेक साउदी अरब, कतार, मलेसिया सहित गन्तव्यमा धेरै युवाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । विभागका अनुसार जेठमा मात्र यूएईमा २४ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीमा ११ हजार ९ सय ६१ र कतारमा ११ हजार ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?