मोटरसाइकल दु*र्घटनामा सुनसरी सीडीओका स्वकीयसहित २ जनाको मृ*त्यु
सारांश
- सुनसरीको इटहरीमा आज राति भएको मोटरसाइकल दुर्घटनमा २ जनाको मृत्यु भएको छ ।
- इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो ।
- मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् ।
२८ भदौ, विराटनगर ।
सुनसरीको इटहरीमा आज राति भएको मोटरसाइकल दुर्घटनमा २ जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन् ।

उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीका स्वकीयको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । यस्तै, पारसले भने केही समयअघि राजीनामा दिएका थिए । उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए । दुई बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताए । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई विहान ५ बजे मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया