रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन लड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २८, २०८१
|
|
४९ पटक हेरिएको
Shares
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन लड्दै

सारांश

  • स्थापना भएको छोटो समयमै संसदीय राजनीतिमा चौथो ठुलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहका चुनाव लड्दै छ ।
  • निर्वाचन आयोगले २०८१ मङ्सिर १६ गतेलाई स्थानीय तह उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।
  • उक्त निर्वाचनका लागि दल दर्ताको काम आयोगले सम्पन्न गरिसकेको छ ।

 

२८ असोज, काठमाडौँ । स्थापना भएको छोटो समयमै संसदीय राजनीतिमा चौथो ठुलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहका चुनाव लड्दै छ । निर्वाचन आयोगले २०८१ मङ्सिर १६ गतेलाई स्थानीय तह उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।

उक्त निर्वाचनका लागि दल दर्ताको काम आयोगले सम्पन्न गरिसकेको छ । आयोगले सार्वजनिक गरेको विज्ञप्ति अनुसार रास्वपासहित २५ राजनीतिक दलले उपनिर्वाचनमा भाग लिन भन्दै दल दर्ता गरिसकेका छन् । उपनिर्वाचनमा भाग लिनका लागि रास्वपाले १४ औँ नम्बरमा दल दर्ता गरेको हो । उपनिर्वाचन प्रयोजनका लागि नेकपा एमाले‚ नेपाली कांग्रेस‚नेकपा माओवादी केन्द्र‚नेकपा एकीकृत समाजवादी‚ राप्रपा‚ नागरिक उन्मुक्ति पार्टी‚ नेपाल मजदुर किसान पार्टी‚ जसपा‚ जसपा नेपाल‚ जनमत पार्टी‚ राप्रपा नेपाल‚ नेपाली कांग्रेस बिपी‚ राष्ट्रिय जनता पार्टी‚ लगायत दल दर्ता भएका छन् ।

रास्वपाको स्थापना २०७९ असार ७ गते भएको हो । पार्टी २०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । सोही कारणले पार्टीले २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भाग लिन पाएको थिएन । स्थापना भएको ६ महिना पश्चात् भएको सङ्घीय निर्वाचनमा भने रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ बाँकी सिट गरेर २० सिट जितेको थियो । त्यसपश्चात् २०८० साल वैशाखमा भएको उपनिर्वाचनबाट एक सिट बढाउँदै रास्वपा २१ सिटको दल भएको हो । तर‚ २०८१ वैशाखमा भएको इलाम उपनिर्वाचनमा भने रास्वपा पराजित हुन पुगेको थियो । पार्टीले २०८१ मङ्सिर १६ मा हुने उपनिर्वाचनमा भाग लिएर स्थानीय तहमा पनि बलियो उपस्थिति जनाउने असोज १ र २ गते काठमाडौँमा भएको राष्ट्रिय भेलामा पार्टी सभापति रवि लामिछानेले दाबी गरेका थिए ।

उपनिर्वाचन कार्य तालिका

 

आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसेको छ । जसअनुसार २०८१ मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । साथै सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ । आयोगको अनुसार उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मिति २०८१ मङ्सिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजे उपरान्त मङ्सिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

२०८१ मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । आयोगले सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार मिति २०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने र मतदान सुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात् २०८१ मङ्सिर १३ गते राति १२:०० बजे पछि मौन अवधि सुरु हुने आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ । ४१ पदका लागि आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
गोली लोड भएको अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ
गोली लोड भएको अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ
सरकारी वकिलको कार्यालयमा रविको वयान सुरु
सरकारी वकिलको कार्यालयमा रविको वयान सुरु
झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै
झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि
४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि
सुस्तायो सेयर बजार, ३ अर्बमुनि खुम्चियो कारोबार
सुस्तायो सेयर बजार, ३ अर्बमुनि खुम्चियो कारोबार
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना