Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
५२ पटक हेरिएको
Shares
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

सारांश

  • अस्पतालमा बिरामीबाट संकलन भएको राजस्व बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार आरोपपत्र दायर गरिएको हो।
  • आयोगका अनुसार, अस्पतालको स्वास्थ्य बिमा शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा बसेर रकम संकलन गर्ने र उक्त रकम बैंकमा जम्मा नगरी हिनामिना गर्ने गरेको पाइएको छ।
  • ,अख्तियारले यस कार्यमा लेखा अधिकृत सुवेदी र अस्पताल परिसरमा रहेको कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरको समेत मिलेमतो रहेको दाबी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अस्पतालमा बिरामीबाट संकलन भएको राजस्व बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार आरोपपत्र दायर गरिएको हो।

आयोगका अनुसार, अस्पतालको स्वास्थ्य बिमा शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा बसेर रकम संकलन गर्ने र उक्त रकम बैंकमा जम्मा नगरी हिनामिना गर्ने गरेको पाइएको छ।,अख्तियारले यस कार्यमा लेखा अधिकृत सुवेदी र अस्पताल परिसरमा रहेको कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरको समेत मिलेमतो रहेको दाबी गरेको छ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ को अवधिमा संकलन भएको कुल ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये केवल ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्र बैंकमा दाखिला भएको देखिएको छ। बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा बदनियतपूर्ण तरिकाले हिनामिना गरिएको अख्तियारले जनाएको छ। अख्तियारले लेखा अधिकृत सुवेदी र अपरेटर शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गरेको छ। त्यसैगरी, मतियारको भूमिका खेलेको आरोपमा बैंककी तत्कालीन काउन्टर प्रमुख मगरविरुद्ध भने २४ लाख २ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)
देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)
भारतको हस्तक्षेपमा मधेसमा आन्दोलन भड्काउँदैछ : मुख्यमन्त्री यादव
भारतको हस्तक्षेपमा मधेसमा आन्दोलन भड्काउँदैछ : मुख्यमन्त्री यादव
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा  मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की