प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
४० पटक हेरिएको
Shares
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

सारांश

  • अस्पतालमा बिरामीबाट संकलन भएको राजस्व बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार आरोपपत्र दायर गरिएको हो।
  • आयोगका अनुसार, अस्पतालको स्वास्थ्य बिमा शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा बसेर रकम संकलन गर्ने र उक्त रकम बैंकमा जम्मा नगरी हिनामिना गर्ने गरेको पाइएको छ।
  • ,अख्तियारले यस कार्यमा लेखा अधिकृत सुवेदी र अस्पताल परिसरमा रहेको कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरको समेत मिलेमतो रहेको दाबी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अस्पतालमा बिरामीबाट संकलन भएको राजस्व बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार आरोपपत्र दायर गरिएको हो।

आयोगका अनुसार, अस्पतालको स्वास्थ्य बिमा शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा बसेर रकम संकलन गर्ने र उक्त रकम बैंकमा जम्मा नगरी हिनामिना गर्ने गरेको पाइएको छ।,अख्तियारले यस कार्यमा लेखा अधिकृत सुवेदी र अस्पताल परिसरमा रहेको कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरको समेत मिलेमतो रहेको दाबी गरेको छ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ को अवधिमा संकलन भएको कुल ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये केवल ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्र बैंकमा दाखिला भएको देखिएको छ। बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा बदनियतपूर्ण तरिकाले हिनामिना गरिएको अख्तियारले जनाएको छ। अख्तियारले लेखा अधिकृत सुवेदी र अपरेटर शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गरेको छ। त्यसैगरी, मतियारको भूमिका खेलेको आरोपमा बैंककी तत्कालीन काउन्टर प्रमुख मगरविरुद्ध भने २४ लाख २ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?