हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल

सारांश

  • पश्चिम एसियामा द्वन्द्व चौथो हप्तामा प्रवेश गर्न लाग्दा दक्षिण कोरियाले विश्वकै प्रमुख व्यापारिक मार्ग ’हर्मुज जलमार्ग’ लाई सामान्य बनाउन इरान लगायतका मुलुकहरूसँग सक्रिय संवाद सुरु गरेको छ ।
  • यो जलमार्ग विश्वको कुल तेल व्यापारको २० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने एक महत्त्वपूर्ण मार्ग हो ।
  • इरानले यस मार्गमा गरेको अवरोधले दक्षिण कोरिया र जापान जस्ता पूर्वी एसियाली मुलुकहरूको ऊर्जा सुरक्षामा प्रत्यक्ष असर पारेको छ ।

७ चैत,काठमाडौं ।

पश्चिम एसियामा द्वन्द्व चौथो हप्तामा प्रवेश गर्न लाग्दा दक्षिण कोरियाले विश्वकै प्रमुख व्यापारिक मार्ग ’हर्मुज जलमार्ग’ लाई सामान्य बनाउन इरान लगायतका मुलुकहरूसँग सक्रिय संवाद सुरु गरेको छ । यो जलमार्ग विश्वको कुल तेल व्यापारको २० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने एक महत्त्वपूर्ण मार्ग हो । इरानले यस मार्गमा गरेको अवरोधले दक्षिण कोरिया र जापान जस्ता पूर्वी एसियाली मुलुकहरूको ऊर्जा सुरक्षामा प्रत्यक्ष असर पारेको छ ।

दक्षिण कोरियाले जापान र युरोपेली मुलुकहरू सहित सात राष्ट्रको संयुक्त विज्ञप्तिमा ऐक्यबद्धता जनाउँदै खाडी क्षेत्रमा इरानले गरेका आक्रमणहरूको कडा निन्दा गरेको छ । विज्ञप्तिमा इरानले व्यावसायिक जहाजहरूमाथि गरेको ड्रोन तथा मिसाइल आक्रमण, समुद्री खानी बिछ्याउने कार्य र नागरिक पूर्वाधारमाथिको हमलालाई तत्काल रोक्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र नौवहन अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त हो । इरानका यी कार्यहरूले विश्वभरका कमजोर जनसंख्यालाई गम्भीर असर पु¥याउनेछ । “राष्ट्रहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव २८१७ को पालना गर्न पनि इरानलाई आग्रह गरेका छन् ।

इरानको अवरोधका कारण तेलको मूल्यमा पर्न सक्ने प्रभावलाई कम गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आफ्नो रणनीतिक तेल भण्डार बाट तेल आपूर्ति गर्ने निर्णय गरेको छ । दक्षिण कोरियाली सरकारले पनि आफ्ना नागरिकको सुरक्षा र ऊर्जा आपूर्ति मार्ग सुरक्षित गर्न सबै संयन्त्र परिचालन गरेको बताएको छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले जापानको समाचार एजेन्सी क्योटोसँग कुरा गर्दै टोकियोसँगको आवश्यक परामर्शपछि जापानतर्फ जाने जहाजहरूलाई मार्ग प्रशस्त गर्न तेहरान तयार रहेको सङ्केत दिएका छन् ।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार उनीहरूले इरानसँग निरन्तर सम्पर्क गरिरहेका छन् ताकि यस तनावपूर्ण अवस्थामा पनि इन्धन ढुवानीका मार्गहरू सुरक्षित रहन सकून् । हर्मुज जलडमरूमध्य भएर जाने सबै मुख्य मार्गहरू इरानी जलक्षेत्रभित्र पर्ने भएकाले यसको संवेदनशीलता झन् बढेको छ । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा
धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा
अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
मधेशमा साढे पाँच हजार हेक्टर वन अतिक्रमण
मधेशमा साढे पाँच हजार हेक्टर वन अतिक्रमण
हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने
हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित
सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त