सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त

सारांश

  • सर्वोच्च अदालतको आदेशका कारण प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) का उपाध्यक्ष ओमप्रसाद बराल पदमुक्त भएका छन् ।
  • सिटिइभिटीका उपाध्यक्ष पदमा ओमप्रसाद बराललाई मनोनयन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको हो ।
  • आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले मन्त्रिपरिषदले उनलाई मनोनयन गर्ने निर्णय बदर गरेको हो ।

२० माघ,  काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) का उपाध्यक्ष ओमप्रसाद बराल पदमुक्त भएका छन् । सिटिइभिटीका उपाध्यक्ष पदमा ओमप्रसाद बराललाई मनोनयन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको हो ।

आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले मन्त्रिपरिषदले उनलाई मनोनयन गर्ने निर्णय बदर गरेको हो । उपाध्यक्ष पदमा मनोनयनका लागि गठन भएको सिफारिस समितिले बराललाई सिफारिस गरेको थियो । त्यसका आधारमा गत मंसिर ६ गते बसेको मन्त्रिपरिषदको बैठकले बराललाई नियुक्ति दिएको थियो । तर उपाध्यक्ष हुन योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा टैलेन्द्र आचार्यले मंसिर १८ गते रिट दायर गरेका थिए। उपाध्यक्ष हुन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ ।

तर उक्त योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरेको हो । ‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद नियमावली, २०५१ को नियम ३ खको उपनियम (१)को खण्ड (ख)मा उल्लेखित ‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको अनुभव’ समेत रहेको भन्ने देखिन नआएकोले विपक्षी नेपाल सरकार मन्त्रिपरिषद्को उक्त मिति २०८१÷०८÷०६ को कानून विपरितको निर्णय तथा मनोनयनसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ,’ संक्षिप्त आदेशमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
‘शाही चिकित्सक’ डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन
‘शाही चिकित्सक’ डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन
सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई  ३२३ रन लक्ष्य
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई ३२३ रन लक्ष्य