सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्कराज राई साम्पाङले नेपाली सेनालाई सीमा सुरक्षामा खटाउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
- सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
- ‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ ।
२५ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्कराज राई साम्पाङले नेपाली सेनालाई सीमा सुरक्षामा खटाउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ । नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमानामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ,’ उनले भने ।
देश रहनका लागि भूगोल चाहिने भन्दै भूगोल बिनाको देश सम्भव नहुने उनले बताए ।

‘देश रहनका लागि भूगोल चाहिन्छ । भूगोल बिनाको देश हुँदैन । प्रधानमन्त्रीज्यूको मुखबाट जे सुनिरहेका छौं, त्यसबाट हामी दुखी छौं । आक्रोशित छौं । उहाँले आफ्नो वचन सच्याउनुपर्छ,’ उनले भने, ‘उहाँको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ ।’

प्रतिक्रिया