सशस्त्रको स्लकुमा आर्थिक हिनामिना, २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २१, २०८३
|
|
२४९ पटक हेरिएको
Shares
सशस्त्रको स्लकुमा आर्थिक हिनामिना, २ जना पक्राउ

सारांश

  • कीर्तिपुरस्थित सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिना भएको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा स्कुलमै कार्यरत इन्स्पेक्र तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा छन् ।
  • उनीहरुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

 

२१ असार, काठमाडौं ।

कीर्तिपुरस्थित सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिना भएको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कुलमै कार्यरत इन्स्पेक्र तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा छन् । उनीहरुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । ‘दुई जनालाई हिजो पक्राउ गरेका हौं । आज म्याद थप गरेर अनुसन्धान अघि बढाउँछौं’, एसपी भट्टराईले भने ।

सशस्त्र प्रहरी हेडक्वाटरले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । त्यसपछि परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । स्कुलको ठूलो रकम हिनामिना गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ । सशस्त्र स्कुलको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौं रकम हिनामिना गरेको आरोप छ । यसको मुख्य योजनाकार नै लेखा प्रमुख गुरुङ रहेको बताइएको छ । यसबारे सुरुमा सशस्त्र हेडक्वाटरले छानबिन गरेको थियो । छानबिनको क्रममा उनीहरु दोषी देखिएपछि प्रहरीलाई अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सशस्त्रले पत्र पठाएको थियो । मुख्य योजनाकार भनिएकी गुरुङ विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखापालको रुपमा काम गरिरहेकी छिन् । यो प्रकरणमा कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनमा तानिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ