Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ८, २०८१
|
|
४५ पटक हेरिएको
Shares
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते

सारांश

  • शनिवार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका-५, गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो।
  • दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
  • घाइते हुनेहरूमा सुर्खेत पञ्चपुरी नगरपालिका ५ बस्ने वर्ष ५६ कि पार्वती घर्ती मगर र नर बहादुर देउवा, वडा नम्बर ९ बस्ने वर्ष २० कि वर्षा सुनार र वर्ष ४० का वीरेन्द्र सुनार, वडा नम्बर ८ बस्ने वर्ष ३५ का शिव राज सुनार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए।

 

वीरेन्द्रनगर : सुर्खेतको पञ्चपुरी नगरपालिकामा जिप दुर्घटनामा परेको छ। शनिवार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका-५, गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो।

दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइते हुनेहरूमा सुर्खेत पञ्चपुरी नगरपालिका ५ बस्ने वर्ष ५६ कि पार्वती घर्ती मगर र नर बहादुर देउवा, वडा नम्बर ९ बस्ने वर्ष २० कि वर्षा सुनार र वर्ष ४० का वीरेन्द्र सुनार, वडा नम्बर ८ बस्ने वर्ष ३५ का शिव राज सुनार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए।

यस्तै पञ्चपुरी नगरपालिका–२ बस्ने वर्ष ३२ कि भावना रोकाय दैलेख दुल्लु नगरपालिका–३ बस्ने वर्ष २२ का प्रकाश महत, कैलाली घोडाघोडी नगरपालिका–७ बस्ने थर नखुलेका वर्ष ३७ का सन्तोष र वर्ष ३६ कि सरस्वती धामी, कैलाली लम्की नगरपालिका–६ बस्ने वर्ष ८ कि प्रिती घिमिरे र वर्ष ३० कि टीका घिमिरे घाइते भएका छन्।

प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–४ बस्ने वर्ष ४५ का खगेन्द्र कँडेल र डडेलधुरा पर्सुराम नगरपालिका–६ बस्ने वर्ष ३० का गणेश प्रसाद जैसी घाइते भएका छन्। घाइतेहरूको बाबियाचौरस्थित पञ्चपुरी अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जिप आफैं अनियन्त्रित भए सडकको बायाँ किनाराबाट करिब १० मिटर तल खसेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु
पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
दोस्रो जितको खोजीमा दिल्ली र हैदराबाद, राजस्थान-चेन्नई आमनेसामने
दोस्रो जितको खोजीमा दिल्ली र हैदराबाद, राजस्थान-चेन्नई आमनेसामने
त्रिपुरेश्वर बस आगलागी घटना : एसएसपीको नेतृत्वमा बन्यो छानबिन समिति
त्रिपुरेश्वर बस आगलागी घटना : एसएसपीको नेतृत्वमा बन्यो छानबिन समिति
करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै
करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण