नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ

सारांश

  • धरानको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ परेका छन् ।
  • जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ ।

 

१८ कात्तिक, धरान । धरानको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ परेका छन् । जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ ।

निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को बर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?