नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२१ पटक हेरिएको
Shares
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई

सारांश

  •   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.
  • विश्व पौडेलले भेटेका छन्।
  • आज बिहान अर्थ मन्त्रालय पुगेर नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन्।

७ जेठ, काठमाडौं । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटेका छन्। आज बिहान अर्थ मन्त्रालय पुगेर नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन्। भेटमा अर्थमन्त्री पौडेलले बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्न आग्रह गरे। उनले नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्नुहुने विश्वास व्यक्त गरे।

पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका थिए। नवनियुक्त गभर्नर पौडलले सर्वोच्च अदालतमा आयोजित समारोहमा  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु
बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
भीरमा फालेर ६ वर्षीय छोराको हत्या
भीरमा फालेर ६ वर्षीय छोराको हत्या
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी
बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ