‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२६३ पटक हेरिएको
Shares
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड

सारांश

  • सातामा लगातार दुई दिन बिदाले काठमाडौंको सिभिल अस्पतालमा पनि थेगीनसक्नु भिड भएको छ ।
  • सिभिल अस्पतालमा आज बिहान ओपीडी टिकट लिन गएका बिरामी र तिनका आफन्तहरुको लाइन फनफनी घुमेर क्यान्टिनभन्दा परसम्म पुगेको छ ।
  • लामो समयसम्म लाइनमा बस्दा हैरान भएको उनीहरुले बताएका छन् ।

 

८ वैशाख, काठमाडौं ।

सातामा लगातार दुई दिन बिदाले काठमाडौंको सिभिल अस्पतालमा पनि थेगीनसक्नु भिड भएको छ । सिभिल अस्पतालमा आज बिहान ओपीडी टिकट लिन गएका बिरामी र तिनका आफन्तहरुको लाइन फनफनी घुमेर क्यान्टिनभन्दा परसम्म पुगेको छ । लामो समयसम्म लाइनमा बस्दा हैरान भएको उनीहरुले बताएका छन् ।

ओपीडी टिकट लिन सिभिल अस्पतालको लाइनमा बसेका एक बिरामीले दुई–तीन दिनदेखि अनलाइन टिकट काट्ने प्रयास गरे पनि सफल नभएको बताए । अस्पतालका एक कर्मचारीले भने एक–दुई दिनमै समस्या समाधान हुने आश्वासन दिए । सिभिल अस्पतालमा अनलाइनबाट टिकट काटे पनि ओपीडी टिकट लिन फेरि लाइन लाग्नुपर्ने बाध्यता रहेको बिरामीहरुको गुनासो छ । अहिले सिभिल अस्पतालको बहिरङ्ग विभागको प्राय सबैजसो ढोका अगाडि बिरामीहरुको भिड भद्रगोल जस्तो देखिएको छ ।

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय कार्यान्वयन गरेसँगै त्यसको भोलि र पर्सिपल्टसम्म सेवाग्राहीको चाप अत्यधिक हुने गरेको अस्पतालका चिकित्सक तथा कर्मचारीहरु बताउँछन् । भिड व्यवस्थापन हुन नसक्दा स्वास्थ्य उपचार जस्तो अत्यावश्यक सेवा लिन सास्ती खेप्नु परिरहेको छ । सातामा दुई दिन बिदाले बीर लगायतका अन्य सरकारी अस्पतालहरुमा पनि ओपीडीमा थेगिनसक्नु बिरामीको भिडले सेवा झनै भद्रगोल अवस्थामा छ । नयाँ सरकार बनेपछि ‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई सिभिलको लामो लाइनले गिज्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
तनहुँमा दुई महिला मृ*त फेला, पहिचान खुलेन
तनहुँमा दुई महिला मृ*त फेला, पहिचान खुलेन
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
आज लोकतन्त्र दिवस मनाइँदैछ
आज लोकतन्त्र दिवस मनाइँदैछ
जिल्ला अदालतले महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्‍यो
जिल्ला अदालतले महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्‍यो
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?