काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु

सारांश

  • काठमाडौँको तारकेश्वर नगरपालिका–८  लामबगरमा  दुई गाडी  ठोक्किदा तीन जनाको मृत्यु  भएको छ।
  • आज बिहान करिब ८: २० बजेतिर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ गइरहेको बा ४ ख ७१११ नम्बरको गाडीलाई  अर्को आइचर गाडीले ठक्कर दिँदा बसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका दुई जनाको  घटनास्थलमै मृत्यु भएको हो।
  • अर्को  एक जना महिलाको भने  टिचिङ अस्पतालमा  मृत्यु भएको स्थानीयले बताएका छन्।

 

१५ मंसिर, काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–८  लामबगरमा  दुई गाडी  ठोक्किदा तीन जनाको मृत्यु  भएको छ। आज बिहान करिब ८: २० बजेतिर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ गइरहेको बा ४ ख ७१११ नम्बरको गाडीलाई  अर्को आइचर गाडीले ठक्कर दिँदा बसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका दुई जनाको  घटनास्थलमै मृत्यु भएको हो।

अर्को  एक जना महिलाको भने  टिचिङ अस्पतालमा  मृत्यु भएको स्थानीयले बताएका छन्। गाडी स्पिडमा भएको र बसमा यात्रुहरु खचाखच भएको  प्रत्यक्षदर्शीले बताएका  छन्। तीनैजना मृत्यकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा अहिले नाराबाजी गरिरहेका छन्। अवस्था तनावपूर्ण छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ