पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
८० पटक हेरिएको
Shares
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय

सारांश

  •      नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।
  •   कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् ।
  • केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ ।

२७ चैत, चितवन ।    

नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।  कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् । केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ ।

प्रमुख केसीले भन्नुभयो, “शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।” गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए । गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ
बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ
स्रोत नखुलेको ३१ लाख नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको ३१ लाख नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
नेप्से परिसूचक ४७ अङ्कले बढ्यो
नेप्से परिसूचक ४७ अङ्कले बढ्यो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना