दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
२९ पटक हेरिएको
Shares
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै

सारांश

  • संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ ।
  • संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गर्न लागिएको हो ।
  • समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ ।

३१ साउन, काठमाडौं । संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गर्न लागिएको हो । समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ । संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयांकन समितिमा एमालेका ठाकुर गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।दुवै समितिको बैठक आज दिउँसो तीन बजे छुट्टाछुट्टै बस्दैछ । दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकोले उनीहरु आजै निर्वाचित हुनेछन् ।
हाल यी समितिका बैठक बस्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।सभामुख देवराज घिमिरेले गत मंगलबार दुवै समितिका सभापति चयनका लागि मिति तोकेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
प्रतिकूल मौसमले उडान सेवा प्रभावित
प्रतिकूल मौसमले उडान सेवा प्रभावित
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको नीति तथा कार्यक्रम आज
लुम्बिनीको नीति तथा कार्यक्रम आज
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
रास्वपा र राप्रपालाई मन्त्री गुरुङको आग्रहः माओवादी जस्तै जिम्मेवार बन्नुस्
रास्वपा र राप्रपालाई मन्त्री गुरुङको आग्रहः माओवादी जस्तै जिम्मेवार बन्नुस्