रेडक्रसले बाढी प्रभावित १ हजार परिवारका लागि अस्थायी आवास बनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३०, २०८३
|
|
६९ पटक हेरिएको
Shares
रेडक्रसले बाढी प्रभावित १ हजार परिवारका लागि अस्थायी आवास बनाउने

सारांश

  • नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित परिवारका लागि अस्थायी आवास निर्माण र व्यवस्थापनमा सहयोग गर्ने भएको छ ।
  • यससम्बन्धी नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभाग र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ ।
  • पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारी र नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित परिवारका लागि अस्थायी आवास निर्माण र व्यवस्थापनमा सहयोग गर्ने भएको छ । यससम्बन्धी नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभाग र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ ।पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारी र नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरलगायतको उपस्थिति थियो ।

सम्झौताअनुसार सुरक्षित जग्गा उपलब्ध भएका स्थानमा बाढी प्रभावित १ हजार लाभग्राही परिवारका लागि अस्थायी आवास निर्माण तथा आवश्यक व्यवस्थापनमा रेडक्रसले सहयोग गर्नेछ ।

आवास निर्माण गर्दा स्वीकृत डिजाइन, लागत, अनुगमन तथा निर्धारित मापदण्ड पालना गर्नुपर्ने सम्झौतामा उल्लेख छ । नेपाल सरकारले तोकेको सहायता मापदण्डभित्र रहेर लाभग्राही परिवारका लागि आवास निर्माण गरिनेछ ।

उपयुक्त भाडाको आवास वा व्यक्तिगत अस्थायी आवासको व्यवस्था तत्काल सम्भव नभएका परिवारलाई सुरक्षित स्थानमा सामूहिक अस्थायी बसोबासको व्यवस्था गर्न पनि रेडक्रसले सहयोग गर्नेछ ।

स्थानीय तहसँग समन्वय गरी स्वीकृत योजनाअनुसार आवास एकाइ निर्माण, खानेपानी, सरसफाइ, ढल निकास, विद्युत् व्यवस्था तथा निर्माणस्थल सुधारमा आवश्यक सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै, नेपाल सरकारले स्वीकृत गरेको पुनर्निर्माण तथा पुनर्वास कार्ययोजनाअनुसार १ हजार लाभग्राहीका लागि स्थायी आवास निर्माण तथा आवश्यक व्यवस्थापनमा सहयोग गर्ने विषय पनि सम्झौतामा समेटिएको छ ।

स्थानीय सरकारबाट प्रमाणित २ हजार २०० लाभग्राही परिवारलाई एक वर्षसम्म घरभाडा सहायता उपलब्ध गराउने प्रस्तावका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल सरकारका विभिन्न मितिका निर्णयअनुसार सम्बन्धित निकायसँग सहजीकरण गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...