पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
२२ पटक हेरिएको
Shares
पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन

सारांश

  • पाकिस्तानी अधिकारीले बिहीबार (मे ८) बिहान लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी गरेका छन् ।
  • स्थानीय प्रहरी अधिकारी मोहम्मद रिजवानले बताएअनुसार, लाहोरको वाल्टन विमानस्थलनजिकै एउटा ड्रोन झारिएको हो ।
  • उक्त स्थान भारतको सीमाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा पाकिस्तानमा भएको एपीले जनाएको छ ।

 

२५ वैशाख,पाकिस्तान ।

पाकिस्तानी अधिकारीले बिहीबार (मे ८) बिहान लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी गरेका छन् । स्थानीय प्रहरी अधिकारी मोहम्मद रिजवानले बताएअनुसार, लाहोरको वाल्टन विमानस्थलनजिकै एउटा ड्रोन झारिएको हो । उक्त स्थान भारतको सीमाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा पाकिस्तानमा भएको एपीले जनाएको छ । यसैबीच, भारतले कश्मीरको सिमाना (नियन्त्रण रेखा)नजिकका गाउँबाट हजारौँ मानिस खाली गराएको छ । उक्त क्षेत्रमा दुवै देशका सैनिक ठूलो संख्यामा तैनाथ गरिएका छन् ।

गएको अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि दुवै देशबीच तनाव बढेको हो । त्यो हमलामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । पाकिस्तानले आरोप अस्वीकार गरेको छ । स्थानीय मिडियाले पञ्जाब प्रदेशका अर्को सहरमा दुई अरू ड्रोन पनि खसालिएको जनाएको छ । दुई सुरक्षा अधिकारीका अनुसार, पाकिस्तानको वायु सुरक्षा प्रणालीले एउटा सानो भारतीय ड्रोन झारेको हो । ड्रोनमा हतियार भए/नभएको स्पष्ट छैन । उक्त ड्रोन खसालेको घटनाको एक दिनअघि भारतले पाकिस्तानी क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा महिला र बालबालिकासहित ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

ड्रोन खसालेको घटनाको स्वतन्त्र रूपमा पुष्टि नभएको र भारतीय अधिकारीले तुरुन्त प्रतिक्रिया नदिएको एपीले जनाएको छ । पञ्जाबको चकवाल जिल्लामा एउटा ड्रोन खेतमा ठोक्किएर खसेको थियो । त्यसबाट मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी प्रमुख गुलाम मोहिउद्दीनले उक्त ड्रोन कसको भन्ने उल्लेख गरेनन् । अधिकारीहरूले ड्रोनको अवशेष सुरक्षित रहेको र यसको उत्पत्ति र उद्देश्यका बारेमा अनुसन्धान गरिरहेको बताए । भारतले बुधबारको आक्रमण नौ आतंकवादी आधार क्षेत्रमा गरिएको दाबी गरेको छ । तीमध्येका केही स्थान पञ्जाब प्रदेशमा पर्छन् । र, हमलामा धेरैजसो मृत्यु यही प्रदेशमा भएको थियो । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले रातभरिको आक्रमण र हत्याको बदला लिने प्रतिज्ञा गरे पनि उनले कुनै विवरण दिएका छैनन् । यसले यी दुई परमाणु हरियारयुक्त छिमेकी देशबीच ठूलो युद्धको जोखिम बढाएको छ ।

भारत–नियन्त्रित कश्मीरको नियन्त्रण रेखा (एलओसी)नजिक बसोबास गर्ने हजारौँ मानिसले आश्रयस्थलमा रात बिताएका थिए । भारतीय अधिकारीले एलओसीनजिकै बसोबास गर्ने दर्जनौँ गाउँबाट नागरिकलाई रातभर खाली गराएका थिए । उरी र पुंछजस्ता सीमावर्ती क्षेत्रका केही बासिन्दाले आफ्नै इच्छाले घर खाली गरेका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार, नियन्त्रण रेखा (सिमाना)मा अघिल्लो दिनको गोलाबारीमा १३ भारतीय नागरिकको मृत्यु भएको थियो । ५९ जना घाइते भएका थिए । बुधबारको गोलाबारीमा एक भारतीय सैनिक पनि मारिएका भारतीय सेनाले जनाएको छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास आराघची बुधबार राति भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । पहिले नै तय भएको यात्राका क्रममा उनी भारत आएका हुन् । उनले बिहीबार दिउँसो भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट्ने कार्यक्रम छ । यी दुवै नेताले आर्थिक सहयोगको एक संयुक्त कार्यक्रमको सहअध्यक्षता गर्नेछन् । इरानले भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको छ । आराघची सोमबार यसै प्रयासअन्तर्गत पाकिस्तानका शीर्ष नेतासँग भेट्न पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा
चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी
राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना
चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा,एक युवक मृत्यु
चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा,एक युवक मृत्यु
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
झापा र मोरङबाट लागुऔषधसहित ७ जना पक्राउ
झापा र मोरङबाट लागुऔषधसहित ७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ