पाँच वर्षपछि कालीगण्डकीमा पुल निर्माण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • कोरोना महामारी लगायत विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले ढिलाई गर्दा निर्धारित समयभन्दा पाँच वर्ष ढिला गरी बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकीमा पुल निर्माण भएको छ ।
  • बागलुङको जैमिनी धामदेखी पर्वतको फलेवासको देविस्थान जोड्ने एक सय मिटर लामो पुल निर्माण भएको हो ।
  • पुलले सवारी साधनसँगै बागलुङ र पर्वतका नागरिकलाई आवगमनमा सहज भएको छ ।

 

 चैत २७  बागलुङ ।

कोरोना महामारी लगायत विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले ढिलाई गर्दा निर्धारित समयभन्दा पाँच वर्ष ढिला गरी बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकीमा पुल निर्माण भएको छ । बागलुङको जैमिनी धामदेखी पर्वतको फलेवासको देविस्थान जोड्ने एक सय मिटर लामो पुल निर्माण भएको हो ।

पुलले सवारी साधनसँगै बागलुङ र पर्वतका नागरिकलाई आवगमनमा सहज भएको छ । रसुवा, श्री गीता, फेवा जेबी निर्माण कम्पनीले २०७३ असोजमा ठेक्का सम्झौता गरेर काम थालेको थियो । निर्माण कम्पनीले २०७६ असार मसान्तभित्र पुलको काम सक्ने गरी काम सुरु गरेपनि कोरोना र विभिन्न कारण देखाउँदै पाँच वर्ष ढिला सम्पन्न भएको हो।  १४ करोड ४२ लाख रुपियाँको लागत रहेको पुलको पुनमुल्यांङक अर्थात भिओ गरेपछि लागत बढेर झण्डै १६ करोड पुगेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि प्रसाद सुवेदीले जानकारी दिनुभयो । पुलको पर्वत खण्डमा सडक जोड्न थप भएको बजेटबाट ट्याक खोल्ने काम भईरहेको सुवेदीले बताउनुभयो ।

‘पुलको पर्वत खण्डमा नयाँ सडक निर्माण गर्नुपर्ने भएकोले भिओ गरेर थप भएको बजेटबाट सडक निर्माण हुनेछ,’ सुवेदीले भन्नुभयो । पर्वत खण्डमा निर्माण गर्नुपर्ने झण्डै पचास मिटर नयाँ सडकको काम पनि धमाधम भइरहेको सुवेदीले जानकारी दिनुभयो । निर्माण कम्पनीका प्रतिनिधि अनिल श्रेष्ठका अनुसार, पुलको काम सकिएको र पर्वत खण्डमा बाँकी रहेको सडकको काम फागुन मसान्तसम्म सम्पन्न गरेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने योजना छ । पुलमा रंगरोगनको काम मात्रै बाँकी रहेको र अहिले साना सवारी साधनले पुलबाट आवतजावत गरिरहेको श्रेष्ठले बताउनुभयो ।फाउण्डेशनको काममा समस्या आएपछि पुलको डिजाईन नै परिवर्तन गर्नुपर्दा काममा ढिलाई भएको श्रेष्ठले भनाइ छ ।

नदीमा पायल फाउन्डेसनबिना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले पुन डिजाइन परिवर्तन गर्दा पुल निर्माणमा ढिलाइ भएको थियो । डिजाइन परिवर्तन गर्नुपर्दा, कोरोना कहर लगायतका समस्याका कारण पनि पटक पटक म्याद थप गर्नुपरेको श्रेष्ठले भनाइ छ । पुल निर्माणसँगै बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयलाई पोखरा आवतजावत गर्न छोटो दुरी र वैकल्पिक सडक बनेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । पुलले पोखरा काठमाण्डौं जाँदा कालिगण्डकी करिडोर हुँदै मालढुंगा पुग्नुपर्ने बाध्यता समेत हटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ
राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
यस्तो छ, सोमबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबारको लागि विदेशी मुद्राको विनिमयदर
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन