सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पाँच वर्षपछि कालीगण्डकीमा पुल निर्माण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • कोरोना महामारी लगायत विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले ढिलाई गर्दा निर्धारित समयभन्दा पाँच वर्ष ढिला गरी बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकीमा पुल निर्माण भएको छ ।
  • बागलुङको जैमिनी धामदेखी पर्वतको फलेवासको देविस्थान जोड्ने एक सय मिटर लामो पुल निर्माण भएको हो ।
  • पुलले सवारी साधनसँगै बागलुङ र पर्वतका नागरिकलाई आवगमनमा सहज भएको छ ।

 

 चैत २७  बागलुङ ।

कोरोना महामारी लगायत विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले ढिलाई गर्दा निर्धारित समयभन्दा पाँच वर्ष ढिला गरी बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकीमा पुल निर्माण भएको छ । बागलुङको जैमिनी धामदेखी पर्वतको फलेवासको देविस्थान जोड्ने एक सय मिटर लामो पुल निर्माण भएको हो ।

पुलले सवारी साधनसँगै बागलुङ र पर्वतका नागरिकलाई आवगमनमा सहज भएको छ । रसुवा, श्री गीता, फेवा जेबी निर्माण कम्पनीले २०७३ असोजमा ठेक्का सम्झौता गरेर काम थालेको थियो । निर्माण कम्पनीले २०७६ असार मसान्तभित्र पुलको काम सक्ने गरी काम सुरु गरेपनि कोरोना र विभिन्न कारण देखाउँदै पाँच वर्ष ढिला सम्पन्न भएको हो।  १४ करोड ४२ लाख रुपियाँको लागत रहेको पुलको पुनमुल्यांङक अर्थात भिओ गरेपछि लागत बढेर झण्डै १६ करोड पुगेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि प्रसाद सुवेदीले जानकारी दिनुभयो । पुलको पर्वत खण्डमा सडक जोड्न थप भएको बजेटबाट ट्याक खोल्ने काम भईरहेको सुवेदीले बताउनुभयो ।

‘पुलको पर्वत खण्डमा नयाँ सडक निर्माण गर्नुपर्ने भएकोले भिओ गरेर थप भएको बजेटबाट सडक निर्माण हुनेछ,’ सुवेदीले भन्नुभयो । पर्वत खण्डमा निर्माण गर्नुपर्ने झण्डै पचास मिटर नयाँ सडकको काम पनि धमाधम भइरहेको सुवेदीले जानकारी दिनुभयो । निर्माण कम्पनीका प्रतिनिधि अनिल श्रेष्ठका अनुसार, पुलको काम सकिएको र पर्वत खण्डमा बाँकी रहेको सडकको काम फागुन मसान्तसम्म सम्पन्न गरेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने योजना छ । पुलमा रंगरोगनको काम मात्रै बाँकी रहेको र अहिले साना सवारी साधनले पुलबाट आवतजावत गरिरहेको श्रेष्ठले बताउनुभयो ।फाउण्डेशनको काममा समस्या आएपछि पुलको डिजाईन नै परिवर्तन गर्नुपर्दा काममा ढिलाई भएको श्रेष्ठले भनाइ छ ।

नदीमा पायल फाउन्डेसनबिना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले पुन डिजाइन परिवर्तन गर्दा पुल निर्माणमा ढिलाइ भएको थियो । डिजाइन परिवर्तन गर्नुपर्दा, कोरोना कहर लगायतका समस्याका कारण पनि पटक पटक म्याद थप गर्नुपरेको श्रेष्ठले भनाइ छ । पुल निर्माणसँगै बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयलाई पोखरा आवतजावत गर्न छोटो दुरी र वैकल्पिक सडक बनेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । पुलले पोखरा काठमाण्डौं जाँदा कालिगण्डकी करिडोर हुँदै मालढुंगा पुग्नुपर्ने बाध्यता समेत हटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
चार सयले घट्यो सुनको मूल्य
चार सयले घट्यो सुनको मूल्य
बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै
बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै
बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल
बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते
गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप