सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
१६ पटक हेरिएको
Shares
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान

सारांश

  • सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर ज्यान लिने गाडीका चालकको पहिचान भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सिरहाले घटना भएपछि बढाएको अनुसन्धानका क्रममा हत्यामा भएको भएको स्कर्पियो र चालकको पहिचान भएको हो ।
  • सिरहाका डीएसपी वीरेन्द्र पासपानले चालकको पहिचान भएको बताए ।

२१ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर ज्यान लिने गाडीका चालकको पहिचान भएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाले घटना भएपछि बढाएको अनुसन्धानका क्रममा हत्यामा भएको भएको स्कर्पियो र चालकको पहिचान भएको हो ।

सिरहाका डीएसपी वीरेन्द्र पासपानले चालकको पहिचान भएको बताए । ‘चालकको पहिचान गरेका छौं । तर पक्राउ गर्न बाँकी नै छ । हामी निरन्तर अनुसन्धानमै छौं’ डीएसपी पासवानले अनलाइनखबरसँग भने ।चालक नेपाली हुन् वा भारतीय नागरिक हुन् भन्ने पनि प्रहरीले खुलाएको छैन । यसअघि प्रहरीले सई यादवलाई ठक्क दिने स्कर्पियोको पहिचान गरेको थियो । उक्त स्कर्पियो भारतीय नम्बर प्लेटको रहेको खुलेको थियो ।स्कर्पियो पत्ता लगाएपछि उक्त स्कर्पियो कसले चलाएको थियो भन्नेबारे अनुसन्धान सुरु भएको थियो । जसक्रममा चालकको पहिचान भएको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको स्कर्पियो खुलेपछि सिरहा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट(बीओपी) बाट सई यादवको कमाण्डमा गस्ती टोली खटिएको थियो । यो बीओपी प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत पर्छ ।यादवको कमाण्डमा पाँच जनाको गस्ती टोलीले आइतबार बिहान ३ बजेर १० मिनेट जाँदा स्कर्पियो गाडीमा मदिरा तस्कर भएको देखेको थियो । मोटरसाइकलमा गस्ती रहेको सई यादवको टोलीले नेपाल प्रहरीसमेतको संयुक्त टोलीले उक्त गाडीलाई पछ्याएको थियो ।

सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो । स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३:४५ बजे प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । अस्पताल पुर्याएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको थियो ।४८ वर्षीय सई यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका स्थानीय हुन् । सई यादवको मृत्यु भएपछि अनुसन्धान अघि बढाएको सिरहा प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

अहिले पनि उनीहरुमाथि अनुसन्धान जारी रहेको डीएसपी पासवानले बताए ।पक्राउ परेका दुबै जना नेपाली हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको र अहिले नै संलग्नता रहे÷नरहेको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
केरलको पहिरोमा एक नेपाली पनि परे, मृतकको संख्या ३६ पुग्यो
केरलको पहिरोमा एक नेपाली पनि परे, मृतकको संख्या ३६ पुग्यो
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्दै, सेभ गर्न आग्रह
फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्दै, सेभ गर्न आग्रह
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
पूर्वराजा शाहद्वारा गुरु गोरखनाथ मन्दिरमा पूजा अर्चना
पूर्वराजा शाहद्वारा गुरु गोरखनाथ मन्दिरमा पूजा अर्चना
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै