कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
३० पटक हेरिएको
Shares
कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

सारांश

  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।
  • कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा दिएका थिए ।

२५ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् । कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा दिएका थिए । तर मुख्य सचिव पौडेलले नै अर्को सूचना पठाएर सो पत्रकार सम्मेलन स्थगित गरिएको जनाएका छन् ।इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो । तर अहिले किन एक्कासी पत्रकार सम्मेलन स्थगित गरियो भन्ने खुलिसकेको छैन । यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन
पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
उपसभामुख राना बंगलादेश प्रस्थान
उपसभामुख राना बंगलादेश प्रस्थान
जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन