यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

सारांश

  • शुक्रबार नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोलीको बिदाइ कार्यक्रम राखेको हो ।
  • कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले नेपाली शुभकामना दिएका थिए ।
  • नेपाली टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ ।

 

२६ पुस,  काठमाडौँ — यू-१९ महिला विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोलीको बिदाइ कार्यक्रम राखेको हो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले नेपाली शुभकामना दिएका थिए ।

नेपाली टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ । क्यानले यसअघि नै यू–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिसकेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?