खातुनले अझै पाइनन् आफ्नो समाजिक सुरक्षा भत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १६, २०८०
|
|
५८ पटक हेरिएको
Shares
खातुनले अझै पाइनन् आफ्नो समाजिक सुरक्षा भत्ता

सारांश

  • उनि हुन् हरिपुर्वा नगरपालिका -२ निवासी एक्कल महिला मेहरुल खातुन जसले ६ महिना बितिसक्दा पनि उनले समाजिक सुरक्षा भत्ता पाएकी छैनन् यो अवस्था सृजना हुनुमा जिम्मेवार पक्ष हरिपुर्वाको राजनितिक द्वन्दलाई लिनसकिन्छ जहाँ माघ मसान्त बित्न लाग्दा पनि नगरसभा भएको छैन।
  • यस् नगरपालिकामा सत्ताधारी देखी लिएर प्रतिपक्षका नेतृत्व गर्ने नेतृत्ववर्गले नगरका जनता कसरी खुशी रहन्छ त्यता तर्फ ध्यान केन्द्रित नगरेर आफ्नो इगो साध्नमा लागेका छन्।
  • यता जनताहरु पनि जनप्रतिनिधिलाई कुनै प्रश्न गर्दैनन् किनभने चुनावमा प्राय सबैले पैसामा आफ्नो मत बेचेका छन्।

बिबेक यादव

१६ माघ, सर्लाही । उनि हुन् हरिपुर्वा नगरपालिका -२ निवासी एक्कल महिला मेहरुल खातुन जसले ६ महिना बितिसक्दा पनि उनले समाजिक सुरक्षा भत्ता पाएकी छैनन् यो अवस्था सृजना हुनुमा जिम्मेवार पक्ष हरिपुर्वाको राजनितिक द्वन्दलाई लिनसकिन्छ जहाँ माघ मसान्त बित्न लाग्दा पनि नगरसभा भएको छैन। यस् नगरपालिकामा सत्ताधारी देखी लिएर प्रतिपक्षका नेतृत्व गर्ने नेतृत्ववर्गले नगरका जनता कसरी खुशी रहन्छ त्यता तर्फ ध्यान केन्द्रित नगरेर आफ्नो इगो साध्नमा लागेका छन्। यता जनताहरु पनि जनप्रतिनिधिलाई कुनै प्रश्न गर्दैनन् किनभने चुनावमा प्राय सबैले पैसामा आफ्नो मत बेचेका छन्। उम्मेदवारहरु चुनावमा महिला,वृद्धवृद्धाहरुको हकहितका लागी कयौं वाचाहरु गरेका हुन्छ तर चुनाव पछि ति वाचाहरु घोषणापत्रमा मात्रै सिमित रहने गर्दछन्। हरिपुर्वा नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरु भन्छन् आफुहरुको तलब नआउँदा पसलेहरु पनि उधारो दिन छोडेको छ र उता वृद्धवृद्धाको जिविकोपार्जनको अन्तिम आसनै त्यही सुरक्षाभत्ता हुन्छ जुन अहिलेसम्म उनिहरुलाई मिलेको छैनन्।हाम्रो समाजलाई संघियता पचेकै होइनन् कि यसको अभ्यास नै गलत होकि भन्ने एउटा अर्को प्रश्न यहाँनिर देखिन्छ।

हरिपुर्वा नगरपालिकाका जनताहरु यो भन्दा बिगतका र बिगत भन्दा हालकै जनप्रतिनिधि ठिक छ भन्दै एकअर्काको कुरो काट्नमा व्यस्त छ भने यता जनप्रतिनिधिहरु आउँदो चुनावमा पनि पैसा र एक बोतल रक्सिमा भोट किन्ने परम्परा रहिरहन्छ भन्दै निर्भीक छ।यो समस्या लिएर माथिल्लो निकायमा जादा स्थानिय सरकार सङ्ग खोज्नु गाउँगाउँमा सिंहदरबार रहेको थाहा छैन हामिले समस्या समाधान गर्न मिल्दैन भन्दै जवाफ दिन्छ। यता हरिपुर्वाको सचेत जनताहरु स्थानियमा निर्वाचित जनप्रतिनिधिको माझमा प्रस्न गर्दा जनप्रतिनिधिहरु भन्छ प्रमुख प्रसासकिय अधिकृत नभएकोले गर्दा यस्ता समस्या देखापरेको भन्दै प्रस्नको प्रहारले आफु सुरक्षीत हुन खोज्छन् यस् पालिकाको मेयरको ठाडो आरोप खानेपानी मन्त्री महेन्द्र यादवलाई लगाउदै भन्छन् यस् पालिकाको हाकिम सरुवामा मन्त्रीको ठुलो नै चलखेल रहेको छ यता महेन्द्र रायलाई प्र्शन गर्दा हाम्रो मन्त्रालयलाई हाकिम सरुवा गर्ने अधिकार नै छैन भन्दै फोन काट्छन्।गत वर्ष पनि नगरसभा ढिलो हुँदा झन्डै पन्द्र करोड रुपैयाँ फृज भएको थियो अब आउँदो कति वर्षसम्म यहाँका जनताहरु यसरिनै गोलमालमा अल्झिने हो यस्तो परिस्थितिमा जनता स्वयंले नै निर्णय गर्नुपर्ने हुन्छ किनभने जनतानै सर्वपरी हो जसले देशको हरेक राजनीतिक परिवर्तनमा आफ्नो अग्र भुमिका निभाएका हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक