Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै

सारांश

  • काभ्रेपलाञ्चोक जिल्लाको रोशी-८ चारसयबेशी र रोशी-१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ ।
  • तीन दिनदेखि चारसयबेशीमा सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकोले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर डाइभर्सन बनाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
  • प्रहरी निरीक्षक कार्कीका अनुसार विभिन्न स्थानको लेदो र पहिरो पन्छाइसकेको भएपनि राजमार्गको चारसयबेशीमा निरन्तर सुख्खा पहिरो खसिरहेकोले यातायात सञ्चालनमा रोक लगाएको हो ।

१६ कात्तिक, काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोक जिल्लाको रोशी-८ चारसयबेशी र रोशी-१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ । तीन दिनदेखि चारसयबेशीमा सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकोले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर डाइभर्सन बनाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार विभिन्न स्थानको लेदो र पहिरो पन्छाइसकेको भएपनि राजमार्गको चारसयबेशीमा निरन्तर सुख्खा पहिरो खसिरहेकोले यातायात सञ्चालनमा रोक लगाएको हो । उक्त स्थानमा अहिले डाइभर्सन बनिरहेको छ । बिहीबारदेखि परेको अविरल बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतको स्थानहरूमा ढुङ्गा खस्ने लेदो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको थियो ।

लगातारको वर्षाका कारण बिपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । माम्तीको तल्लो भेगमा गत आसोजमा सडक बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेर अवरुद्ध भएको थियो । गत वर्षको असोज १०,११ र १२ गतेको वर्षाले बिपी राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । बगाएको स्थानमा डाईभर्सन निर्माण पश्चात यातायात सुचारु गरेको थियो । उक्त डाईभर्सन पनिअसोज १८ र १९ गते परेको अविरल वर्षाकाकारण रोशी खोलामाआएको बाढीले क्षति पु-याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका राजमार्गहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित
देशभरका राजमार्गहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन
मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?