हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक

सारांश

  • हिमाल क्षेत्र वरपर बस्ने समुदायलाई जलवायु परिवर्तनका प्रतिकूल असरबाट बचाउन हिमनदी जोगाउन आवश्यक रहेको विज्ञहरूले सुझाएका छन् ।
  • विश्व पानी दिवसका अवसरमा स्मार्ट बास सोलुसन्सले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो सुझाएका हुन् ।
  • कार्यक्रममा एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का वरिष्ठ सल्लाहकार डा अरुणभक्त श्रेष्ठले पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसदेखि दुई डिग्री सेल्सियस मात्र बढ्दा पनि हिन्दकुश हिमालय क्षेत्रको हिउँ २५ देखि ३० प्रतिशत पग्लने बताउनुभयो ।

८ चैत, काठमाडौँ ।

हिमाल क्षेत्र वरपर बस्ने समुदायलाई जलवायु परिवर्तनका प्रतिकूल असरबाट बचाउन हिमनदी जोगाउन आवश्यक रहेको विज्ञहरूले सुझाएका छन् । विश्व पानी दिवसका अवसरमा स्मार्ट बास सोलुसन्सले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो सुझाएका हुन् । कार्यक्रममा एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का वरिष्ठ सल्लाहकार डा अरुणभक्त श्रेष्ठले पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसदेखि दुई डिग्री सेल्सियस मात्र बढ्दा पनि हिन्दकुश हिमालय क्षेत्रको हिउँ २५ देखि ३० प्रतिशत पग्लने बताउनुभयो । उहाँका अनुसार यदि तापक्रम तीनदेखि चार डिग्री सेन्टिग्रेड बढेमा ५५ देखि ७५ प्रतिशत हिउँ नाश हुनेछ ।

यसले सुरुका वर्षमा हिमालबाट निसृत हुने नदीमा पानीको प्रवाह बढे पनि हिउँको आयतन घट्दै गएपछि पानीको प्रवाह कम हुन गई नदी प्रणालीमा आधारित प्राकृतिक परिस्थितिकीय प्रणाली नै प्रभावित हुने जोखिम बढ्न जानेछ । जलवायुविज्ञ डा श्रेष्ठले यस्तो प्रतिकूल अवस्थाबाट जोगिन विकासोन्मुख र विकसित मुलुकलाई कार्बनडाइअक्साइड उत्सर्जन कम गर्न बाध्य पार्ने नीति कार्यान्वयन गर्नुपर्ने, नदी प्रणालीका सम्भाव्य स्थानमा बाँध वा जलाशय निर्माण गर्नुपर्ने, प्रकृतिमा आधारित समाधानमा जानुपर्ने बताउनुभयो । अर्का प्रस्तुतिकर्ता इञ्जिनियरिड अध्ययन संस्थानका प्राध्यापक डा भोला घिमिरेले नेपालका हिमनदी विश्वको ताजा पानीमा योगदान र जलवायु परिवर्तनका कारण वर्तमानमा उत्पन्न त्रासबारे प्रकाश पार्नुभएको थियो ।

उहाँले जलवायु परिवर्तनका कारण वर्षाको नियमित चक्र नै परिवर्तन हुन थालेको उल्लेख गर्दै भन्नुभयो, “हामी कहाँ कहिले जेठमा बाढी पहिरो आउने गरी पानी परेको छ, कहिले असार साउन । यसपटक असोजमा नै वितण्डा मच्चियो ।” कार्यक्रममा पूर्वमन्त्री ई गणेश साहले विश्वमा ताजा पानीको प्रतिव्यक्ति उपलब्धता घट्दै गएकाले पानीको व्यवस्थापन अतिमहत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाल सङ्घीयतामा प्रवेश गरिसकेका सन्दर्भमा पानीको विषयले प्रदेश र स्थानीय तहमा द्वन्द्व उत्पन्न गर्नसक्ने भय रहेको पनि बताउनुभयो । सिँचाइ र जलविद्युत्का क्षेत्रमा यस्ता विवाद देखा परिसकेको र खानेपानीमा पनि आउनसक्ने उहाँको भनाइ थियो ।

जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा कपिल ज्ञवालीले हिमालको तापक्रम बढ्ने दर अन्य क्षेत्रको भन्दाबढी (एक दशमलव आठदेखि दुई दशमलव दुई) भएकाले यो शताब्दीको अन्तिमसम्म हिमालयका ८० प्रतिशत हिउँ पग्लने जोखिम रहेको बताउनुभयो । यसलाई दृष्टिगत गरेर विकास गतिविधि सञ्चालन गर्नुपर्ने, कार्बन उत्सर्जन कम हुने पद्धति अवलम्बन गर्नुपर्ने, जलवायु उत्थानशील निर्माण संंहिता बनाएर लागू गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले गत भदौमा सोलुखुम्बुको थामेमा आएको बाढीले पु¥याएको क्षतिबारे उल्लेख गर्दै हिमालको हिउँ पग्लने दर बढ्दा हिमताल विष्फोटन हुने जोखिम बढेको, हिमालबाट बग्ने नदीका आसपास बनेका विकास पूर्वाधार क्षतिग्रस्त हुन गएको, नदी र खोला आसपासका समुदायको धनजनको क्षति भएको बताउनुभयो ।

से–फोक्सुण्डो गाउँपालिकाका पेमा वाग्चेन गुरुङले जलवायु परिवर्तनले हिमालको हिउँ पग्लदै गएर काला डाँडामा परिणत हुने अवस्था आएकाले हिमाली भेगको जनजीवन कष्टकर बन्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बेलामा हिउँ नपर्दा हिमाली भेगमा कृषिमा पनि असर गरेको छ । चरिचरनमा पनि असर गरेको छ । दुर्गम स्थानमा सङ्घीय सरकारको पनि ध्यान नजाने र गैरसरकारी संस्थाहरुको पनि ध्यान नजाने भएकोले जलवायु परिवर्तनको वास्तविक पीडामा हिमाली बासिन्दा परेका छन् ।” यसअघि उद्घाटन कार्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले हिमनदी संरक्षणले नेपालको नदी प्रणालीमा आधारित जनजीवन र जीविकोपार्जनलाई टेवा पुग्ने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनको असरले सबैभन्दा बढी प्रभावित मुलुक भएकाले नेपालको समस्या र चासोप्रति विश्वको ध्यानाकृष्ट गर्न सगरमाथा संवादको तयारी गरिएको बताउनुभयो । उपाध्यक्ष घिमिरेका अनुसार सो संवादमा सहभागिताका लागि विश्वका धेरै देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई आमन्त्रण गरिएको छ भने संवादमा चार सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
सप्तरीमा ६७० किलो गाँजा बरामद
सप्तरीमा ६७० किलो गाँजा बरामद
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
बालेनलाई गण्डकीका मन्त्रीको धम्की, `के हो भाइ तिम्रो पारा ?´
बालेनलाई गण्डकीका मन्त्रीको धम्की, `के हो भाइ तिम्रो पारा ?´
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही