कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २७, २०८३
|
|
७२ पटक हेरिएको
Shares
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई

सारांश

  • निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छन् ।
  •   यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी २३ असारमा ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेकी आयुक्त डा तुलाधरलाई सो जिम्मेवारी सरेको हो ।
  •  आयुक्त भण्डारीकै नेतृत्वमा गत २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो ।

२७ असार, काठमाडौं ।

निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छन् ।  यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी २३ असारमा ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेकी आयुक्त डा तुलाधरलाई सो जिम्मेवारी सरेको हो । आयुक्त भण्डारीकै नेतृत्वमा गत २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । पाँच सदस्यीय हुने आयोगका हाल आयुक्त डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम छन् ।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ५ वैशाख २०८२ र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको ४ फागुन २०७९ मा कार्यकाल सकिएको थियो । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वानसहित सुनुवाइ प्रक्रिया सुरु गरेको छ । संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ)लाई प्रमुख निर्वाचन आयुक्त तथा डा राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?