पुलिस आहा–रारा गोल्डकपको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
२३ पटक हेरिएको
Shares
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा

सारांश

  •   विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
  •   पोखरा रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा पुलिसले ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज क्लबलाई १–० गोलले हरायो ।
  • पुलिसको कठिन जितमा सञ्जिव लामाले निर्णायक गोल गर्नुभयो ।

३० माघ, काठमाडौं ।  विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा पुलिसले ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज क्लबलाई १–० गोलले हरायो ।

पुलिसको कठिन जितमा सञ्जिव लामाले निर्णायक गोल गर्नुभयो । लामाले ५८औँ मिनेटमा करिब २५ यार्ड लामो भली प्रहारमा गोल गर्नुभएको हो । पुलिस सर्वाधिक ११औँ पटक आहा–राराको फाइनलमा पुगेको हो । निर्णायक गोल गर्नुभएका लामा खेलमा म्यान अफ दि म्याच घोषित हुनुभयो । खेलमा दुबै टोलीले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न भने चुकेका थिए । आहा–राराको बुधबारको खेल २५०औँ खेल हो । यो खेल मोफसलमा आयोजना हुने प्रतियोगिताको २५०औँ खेल पुगेको पहिलो हो । पुलिसले २०७६ सालपछि आहा–राराको फाइनलमा स्थान बनाएको हो ।

यसअघि ६ पटकको च्याम्पियन पुलिसले उपाधिका लागि थ्रीस्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्सबिचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । खेलपछि चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताउनुभयो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलमा राम्रो खेल्ने उपाधि जित्ने दाबी गर्नुभयो । स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध
जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड
सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड
संसद्ले सार्वजनिक गर्‍यो प्रतिनिधिसभाको छैटौं अधिवेशनका काम कारबाही
संसद्ले सार्वजनिक गर्‍यो प्रतिनिधिसभाको छैटौं अधिवेशनका काम कारबाही
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद
वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ
चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ
भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम
भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम