प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
१७ पटक हेरिएको
Shares
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक

सारांश

  •   प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ।
  •   आन्दोलन अशान्त बनेपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो।
  • आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ।

 

१४ वैशाख, काठमाडौं । 

प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ।  आन्दोलन अशान्त बनेपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो। आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ।बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो। प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन्। उनीहरूले सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए।

झडपमा बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघको भनाई छ। महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?