मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
५३ पटक हेरिएको
Shares
मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री बनेपछि पुरानी साथीहरुसँगको सम्बन्ध घटेको बताएका छन् ।
  • कामको चापका कारण तनाव पनि बढेको उनले बताए ।
  • प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको एक कार्यक्रममा मन्त्री खरेलले जीवनमा आउने दु:ख र संघर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सुखमय बन्ने धारणा राखे ।

२३ कात्तिक, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री बनेपछि पुरानी साथीहरुसँगको सम्बन्ध घटेको बताएका छन् । कामको चापका कारण तनाव पनि बढेको उनले बताए । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको एक कार्यक्रममा मन्त्री खरेलले जीवनमा आउने दु:ख र संघर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सुखमय बन्ने धारणा राखे । लामो समयसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै अहिले मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उनले भने, ‘दु:ख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ । त्यसैले दु:खमा समेत खुसी हुनसक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । मनमा शान्ति र खुसी हुनु नै जीवनको सुख हो ।’

उनले जीवनमा आउने कठिनाइ र चुनौतीलाई नकारात्मक दृष्टिले नभइ आत्मसन्तुष्टि र सकारात्मक सोचसहित स्वीकार गर्न सके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहने विश्वास व्यक्त गरे । आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा ‘संवाद र सञ्चारमा स्वजागरण: सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रम आयोजना गरेको थियो । सञ्चारग्राममा आयोजित सो कार्यक्रममा  जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले वर्तमान समयमा नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गरे ।

मानिसले आफ्नोभित्रको खुसी खोज्न नसक्दा आत्महत्या र मानसिक तनावका घटना बढेको बताउँदै उनले भने, ‘खुसी कुनै बाहिरी तत्व होइन, त्यो हाम्रो मनभित्र लुकेको छ । आफूभित्रको खुसीलाई कसरी उजागर गर्ने भन्ने कुरा बुझ्न जरुरी छ ।’ प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीले जीवनको सबैभन्दा महत्वपूर्ण पाटो खुसी र सन्तोष रहेको उल्लेख गर्दै प्रत्येक व्यक्तिले आफूभित्रको खुसी महसुस गर्न सिक्नुपर्ने धारणा राखे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, जीवन विज्ञानका अभ्यासकर्ताको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ