Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
४७ पटक हेरिएको
Shares
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस

सारांश

  •   कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाहीबाट पनि प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्।
  • काठमाडौँ, धनकुटा र रोल्पासँगै थापा सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका हुन्।
  •   नेता थापालाई सर्लाही क्षेत्र नम्बर ४बाट उम्मेदवार सिफारिस गरिएको कांग्रेस सर्लाहीले जनाएको छ।

 

२४ मंसिर, काठमाडौं । 

कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाहीबाट पनि प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्। काठमाडौँ, धनकुटा र रोल्पासँगै थापा सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका हुन्।  नेता थापालाई सर्लाही क्षेत्र नम्बर ४बाट उम्मेदवार सिफारिस गरिएको कांग्रेस सर्लाहीले जनाएको छ। कांग्रेसको क्षेत्रीय समिति बैठकले सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ थापाको नाम सिफारिस गरेको हो।

यो क्षेत्रबाट थापासँगै मधेस प्रदेशसभा सदस्य वीरन्द्रप्रसाद सिंह पनि उम्मेदवार सिफारिस भएका छन्। तर, चार दिनअघि मात्रै सर्लाही सदरमुकाम मलंगवा पुगेका बेला थापाले आफू यसपटक पनि काठमाडौँबाटै चुनाव लड्ने बताएका थिए। ०७९ मा भएको निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए। सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए।  कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर ४ बाट  यसपटक पनि थापालाई नै सिफारिस गरेको छ।  क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। थापाले काठमाडौँ ४ बाट लगातार निर्वाचन जित्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित  ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै
कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन
रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन
आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै