बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १९, २०८२
|
|
४० पटक हेरिएको
Shares
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय

सारांश

  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ ।
  • राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल १० वर्षको जेल सजाय सुनाएको हो ।
  • ढाका विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रोबिउल आलमले सोमबार दुई फरक–फरक मुद्दामा प्रत्येकमा पाँच–पाँच वर्षको सजाय सुनाउँदै कुल १० वर्षको कैद तोकेका हुन् ।

१९ माघ, काठमाडौं ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल १० वर्षको जेल सजाय सुनाएको हो । ढाका विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रोबिउल आलमले सोमबार दुई फरक–फरक मुद्दामा प्रत्येकमा पाँच–पाँच वर्षको सजाय सुनाउँदै कुल १० वर्षको कैद तोकेका हुन् ।

उही मुद्दामा शेख हसिनाकी बहिनी शेख रेहानाकी छोरी तथा बेलायती सांसद टुलिप रिजवाना सिद्दिकलाई प्रत्येक मुद्दामा दुई–दुई वर्ष गरी कुल चार वर्षको जेल सजाय सुनाइएको छ । त्यस्तै, अजमिना सिद्दिकलाई एक मुद्दामा सात वर्षको कैद सजाय दिइएको छ भने शेख हसिनाका छोरा रदवान मुजिब सिद्दिक (बोबी) लाई पनि सात वर्षको जेल सजाय सुनाइएको छ । टुलिप सिद्दिक शेख हसिनाकी भतिजी तथा पूर्व बेलायती मन्त्रीसमेत हुन् । अदालतले यस मुद्दामा ३१ जना साक्षीको बयान लिएको थियो । भ्रष्टाचार निवारण आयोग (एसीसी) का सहायक निर्देशक अफनान जन्नत कियाले अन्तिम अभियोजन साक्षीका रूपमा बयान दिएका थिए । भ्रष्टाचार निवारण आयोगले जनवरी १३, २०२५ मा १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो भने अनुसन्धानपछि मार्च १०, २०२५ मा १८ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो । अदालतले जुलाई ३१, २०२५ मा अभियोग निर्धारण गर्दै सुनुवाइ सुरु गरेको थियो ।

यसैबीच, पुर्बाचल परियोजनाअन्तर्गत १० कठ्ठा जग्गा प्राप्त गर्न अधिकार दुरुपयोग र अनियमितता गरेको आरोपमा दायर गरिएको अर्को मुद्दामा पनि यही अदालतले शेख हसिना, उनका भतिजा रदवान मुजिब सिद्दिक तथा उनकी बहिनी टुलिप सिद्दिकसहित १८ जनाविरुद्ध फागुन २ गते फैसला सुनाएको हो । बंगलादेशमा सन् २०२४ जुलाईमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि अगस्ट ५ मा शेख हसिनाले भारतमा शरण लिएकी थिइन् । त्यसपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भई शेख हसिना, उनका मन्त्रिपरिषद् सदस्य तथा अवामी लिगका नेताकार्यकर्ताविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण
म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
महराको इन्कारी बयान : सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन
महराको इन्कारी बयान : सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान
पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत