नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २, २०८३
|
|
२१३ पटक हेरिएको
Shares
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खडा गरेको बताएका छन् ।
  •  संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले आपसी मतभेदहरू समाधान गर्न, विश्वव्यापी शान्ति, स्थिरता तथा शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न कूटनीति संवादको अपरिहार्यता रहेको बताए ।
  • संयुक्त राष्ट्रसंघको बडापत्र लगायत अन्तर्राष्ट्रिय कानुनमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

२ जेठ, काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खडा गरेको बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले आपसी मतभेदहरू समाधान गर्न, विश्वव्यापी शान्ति, स्थिरता तथा शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न कूटनीति संवादको अपरिहार्यता रहेको बताए । संयुक्त राष्ट्रसंघको बडापत्र लगायत अन्तर्राष्ट्रिय कानुनमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू–राजनीतिक संकटका कारण सबैभन्दा बढी जोखिममा परेका देशहरू खासगरी नेपाल जस्ता अल्पविकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न उनले विश्व समुदायसँग आग्रह गरे । उत्थानशील पूर्वाधार, नवीकरणीय ऊर्जा, र दिगो आपूर्ति प्रणालीमा लगानी व्यापक रूपमा बढाउनुपर्ने तथा प्रविधि र प्राविधिक नवप्रवर्तनमा पहुँच पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

यसका साथै कमजोर अर्थतन्त्र भएका देशहरूका लागि सहुलियतपूर्ण वित्तीय सहायता, आपत्कालीन सहायता तथा ऋण राहतका उपायहरू तत्काल सुनिश्चित गर्न उनले आग्रह गरे । परराष्ट्रमन्त्री खनालको यस सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक अडान र विश्वव्यापी आर्थिक न्यायका लागि आवाजलाई थप बलियो बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
चीनमा पहिलो ठूलो सुन भण्डार फेला
चीनमा पहिलो ठूलो सुन भण्डार फेला
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृ*त फेला
हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृ*त फेला
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ