Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३०, २०८३
|
|
१७७ पटक हेरिएको
Shares
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने बताएका छन् ।
  • मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
  • सांसद शाहीले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो भन्दै हिँडेको आरोप लगाए ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

सांसद शाहीले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो भन्दै हिँडेको आरोप लगाए । उनले कुनै नागरिकको जीवन समाप्त हुने अवस्था सिर्जना गर्नु पनि अपराध भएको बताए ।

उनले भने,‘मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन । कुनै नागरिकको बाँच्ने आधार खोसेर, रोजीरोटी बन्द गरेर, निराशा र पीडाको अवस्थामा पु¥याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो पनि गोली हानेसरहको अपराध हो,’ उनले भने।

उनले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्ने माग आफूहरूले नगरेको स्पष्ट पार्दै भ्रामक प्रचार बन्द गर्न आग्रह गरे।

ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुने तर सिटबेल्ट नलगाई सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले प्रश्न गरे।

सांसद शाहीले जलनबाट पीडित गणेश नेपालीलाई अस्पताल लैजाने क्रममा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाए । उनले गम्भीर जलन भएका बिरामीलाई एम्बुलेन्समार्फत उपचारस्थल पु¥याउनुपर्नेमा अपराधी जस्तो हिँडाएर लगिएको भन्दै आपत्ति जनाए।

उनले समयमै उचित उपचार उपलब्ध गराइएको थियो वा थिएन, भारतमा उपचारका लागि लैजान सकिने अवस्था थियो वा थिएन भन्ने विषयमा राज्यले जवाफ दिनुपर्ने बताए।

मृत्यु भइसकेको अवस्थामा विमानस्थलमा गरिएको गतिविधिबारे पनि छानबिन हुनुपर्ने उनको माग थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा चौधरीको उम्मेदवारी
निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा चौधरीको उम्मेदवारी
उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन
उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
जिल्ला प्रशासन काठमाडौंमा आगजनी, अदालतमा ढुंगामुढा
जिल्ला प्रशासन काठमाडौंमा आगजनी, अदालतमा ढुंगामुढा
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु