प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

सारांश

  • नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
  • आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।
  • प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

३ माघ, काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नबाहक उम्मेदवार अघि बढाउने भएको छ । यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो । प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
वर्षाले १३ स्थानमा सडक अवरुद्ध
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ
ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ
सुनको मुल्य अहिलेसम्मकै उच्च  तोलाको कति पुग्यो ?
सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको कति पुग्यो ?
विपक्षी दलले आजको संसद पनि अवरोध गर्ने
विपक्षी दलले आजको संसद पनि अवरोध गर्ने
फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै