२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक

सारांश

  • चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
  •   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।
  • रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको हो ।

५ चैत, काठमाडौँ ।

चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।

रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ