देउवाको स्वास्थ्य सुधारोन्मुख, टाउकोमा १२ वटा टाँका

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
देउवाको स्वास्थ्य सुधारोन्मुख, टाउकोमा १२ वटा टाँका

सारांश

  •   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
  • जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
  • ‘हामी सुरुमा अतालिएका थियौँ।

३ असोज, काठमाडौं । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ। जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। ‘हामी सुरुमा अतालिएका थियौँ।

उहाँहरू (देउवा र आरजु देउवा)को अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ,’ शुक्रबार पार्टी बैठकको निर्णय सुनाउने क्रममा उनले भने, ‘उहाँ (देउवा)को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ।निको हुँदै गएको छ।’ उनका अनुसार चिकित्सकले धारिलो हतियार प्रहारबाट उक्त चोट लागेको भनेको र कसले के हतियारले प्रहार गर्‍यो भन्ने  अहिलेसम्म नखुलेको पनि बताए। भदौ २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सहभागी आन्दोलनकारीले देउवाको निवासमा आगजनी गरेका थिए। आगजनी र तोडफोड हुँदा घरमै रहेका देउवा दम्पत्तीमाथि आक्रमण भएको थियो।

आन्दोलनकारीले देउवा दम्पत्तीमाथि हातपात गरेका थिए। कुटपिटबाट देउवा दम्पत्तीको शरीर रगताम्ये भएको थियो।  कांग्रेसले देउवादम्पतीमाथिको आक्रमणको निन्दा पनि गरेको छ।  ‘लोकतन्त्रका लागि अविचलिन योगदान गर्नु भएको पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको अमानवीय र बर्बर घटनाप्रति कडा शब्दमा निन्दा र भर्त्सना गर्दछ’ विश्वकर्माले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्द सत्रमा ओलीको सम्बोधन– देशलाई विखण्डन गर्ने प्रयासलाई एमाले चिर्नुपर्छ
बन्द सत्रमा ओलीको सम्बोधन– देशलाई विखण्डन गर्ने प्रयासलाई एमाले चिर्नुपर्छ
भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्वपाले बुझायो ५ बुँदे प्रस्ताव
भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्वपाले बुझायो ५ बुँदे प्रस्ताव
स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस
स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृ*त्यु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृ*त्यु
व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन
व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा