Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने

सारांश

  •    खानेपानीमन्त्री प्रदीप यादवले घनाजनघनत्व भएका सहरी क्षेत्रका साथै अन्य सहरी इलाकाको वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
  • विश्व वातावरण दिवसका सन्दर्भमा मारवाडी युवा मञ्चद्वारा ‘वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता’नाराका साथ आज यहाँ आयोजित साइकल र्यालीको उद्घाटन गर्दै उहाँले लामो समयसम्म हुने जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीबाट जोेगिन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको हो ।
  • व्यक्तिगत एवं सामूहिक रूपमा धुवाँ उत्पादन गर्ने इन्धनरहित हरित सवारी साधन प्रयोग गर्नुपर्ने तथा स्वच्छ ऊर्जाको उपयोग बढाएर हरित संसार निर्माणको परिकल्पनालाई साकार गर्नसकिने विचार मन्त्री यादवले व्यक्त गर्नुभयो ।

२४ जेठ , काठमाडौँ।  

खानेपानीमन्त्री प्रदीप यादवले घनाजनघनत्व भएका सहरी क्षेत्रका साथै अन्य सहरी इलाकाको वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसका सन्दर्भमा मारवाडी युवा मञ्चद्वारा ‘वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता’नाराका साथ आज यहाँ आयोजित साइकल र्यालीको उद्घाटन गर्दै उहाँले लामो समयसम्म हुने जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीबाट जोेगिन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

व्यक्तिगत एवं सामूहिक रूपमा धुवाँ उत्पादन गर्ने इन्धनरहित हरित सवारी साधन प्रयोग गर्नुपर्ने तथा स्वच्छ ऊर्जाको उपयोग बढाएर हरित संसार निर्माणको परिकल्पनालाई साकार गर्नसकिने विचार मन्त्री यादवले व्यक्त गर्नुभयो । सरकारले वातावरणमैत्री यातायातको प्रवद्र्धनका निम्ति नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउँदै उहाँले विद्यालय, कार्यालय, तथा स्थानीय तहहसमेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ भन्नभयो ।

वातावरण संरक्षण तथा प्रदूषणमुक्त समाज बनाउन मारवाडी सेवा समाजले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिर्वतनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ । जलवायु परिर्वतनका कारण उत्पन्न चुनौतीको सामूहिक रूपमा सामना गर्न आवश्यक छ ।” मारवाडी सेवा समितीका अध्यक्ष प्रमोदकुमार चौधरीले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले शहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस
उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने
सुनको मूल्य आज तोलाको १ लाख ५२ हजार रुपैयाँ
सुनको मूल्य आज तोलाको १ लाख ५२ हजार रुपैयाँ
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा श*वको कंकाल फेला
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा श*वको कंकाल फेला
प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
झरी र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)
झरी र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ