राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन नयाँ संघीय संसद् भवनको अवलोकन गरेका छन् ।
  • सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवन अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
  • सो क्रममा पौडेलले सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए ।

 

२९ पुस  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन नयाँ संघीय संसद् भवनको अवलोकन गरेका छन् । सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवन अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । सो क्रममा पौडेलले सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए ।

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण गरिएको छ । एक सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रिय सभा रहनेछ ।  संघीय संसद् भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको छ । को सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् ।  सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?