बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
१०५ पटक हेरिएको
Shares
बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ

सारांश

  • खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ ।
  • रौतहटको वृन्दावन नगरपालिका-१ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो ।
  • स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो ।

२२ चैत, रौतहट।

खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका-१ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो ।

स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो । बँदेल मार्न थापेको धरापमा महिला मृत अवश्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उतर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर लास गाडेका थिए । जंगल छेउमा बनाएको गोठबाट फर्कदै गरेकी फुलमतिया देवीको विद्युतीय धरापमा करेन्ट लागेर मृत्यु भएपछि दुवै जनाले जंगलमा गाडेका थिए।

’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले भने, ‘चैत्र १४ गते हराएकी महिलाको शव १९ गते गाडिएको अवस्थामा फेला परेको हो।’ प्रहरीले महिलाको खोजतलास गर्ने क्रममा उनको घर नजिकै मकै बारीमा महिलाको चप्पल र बिजुलीको तारफेला परेपछि दुवैलाई पक्राउ गरेको उपरीक्षक घिमिरेले बताए । पक्राउ परेका दुवैलाई प्रारम्भिक अनुसन्धान पश्चात कर्तव्य ज्यान तर्फ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा
वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन,  दुर्घटनामा ६६ को ज्यान गयो
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न आग्रह
बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न आग्रह
बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु 
बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु