सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २०, २०८१
|
|
४४ पटक हेरिएको
Shares
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या

सारांश

  • पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएकी चेप्टेगीको बिहीबार निधन भएको छ।
  • केन्याको उत्तर पश्चिम क्षेत्रमा बसोबास गर्दै आएकी रेबेका आइतबार आक्रमणमा परेकी थिइन्।
  • आक्रमणपछि उनको शरिरको अधिकांश भाग जलेको थियो।

 

२० भदौ , पेरिस ओलम्पिक २०२४ मा भाग लिएर फर्किएको केही दिनमै ३३ वर्षीय म्याराथन धावक रेबेका चेप्टेगीको आगो लगाएर हत्या गरिएको छ।पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएकी चेप्टेगीको बिहीबार निधन भएको छ। केन्याको उत्तर पश्चिम क्षेत्रमा बसोबास गर्दै आएकी रेबेका आइतबार आक्रमणमा परेकी थिइन्। आक्रमणपछि उनको शरिरको अधिकांश भाग जलेको थियो। उनी त्यहीँ प्रशिक्षण लिने गर्थिन्। उनी आफ्ना दुई छोरीसँग चर्चबाट घर फर्किएको समयमा उनीमाथि आक्रमण भएको अधिकारीको भनाइ छ। एक स्थानीय प्रशासकको रिपोर्टमा ओलम्पियन र उनका पूर्वप्रमीले झगडा गरेको उल्लेख छ। यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।केन्यामा महिला खेलाडीमाथि बढ्दो हिंसाका घटनालाई लिएर चिन्ता व्यक्त गरिएको छ। अक्टोबर २०२१ यता केन्यामा मारिने चेप्टेगी तेस्रो खेलाडी हुन्। उनको उपचार गरिएको अस्पतालबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनका बुबा जोसेफ चेप्टेगीले केन्या सरकारलाई न्याय सुनिश्चित गर्न आग्रह गरे। एल्डोरेटको मोई टिचिङ एण्ड रेफरल अस्पतालका प्रमुख डा ओवेन मेनाचले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार उनका सबै अंगले काम गर्न छाडेपछि उनको मृत्यु भएको बताए। चेप्टेगीको पूर्व प्रेमीलाई पनि अस्पतालमा भर्ना गरिएको छ। तर उनको अवस्था गम्भीर छैन।’दुई जनाबीच घरबाहिर झगडा भएको सुनियो। झगडाको क्रममा पूर्वप्रेमीले महिलालाई जलाउनु अघि तरल पदार्थ खन्याएको स्थानीयले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृ*त्यु
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृ*त्यु
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा
कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे
साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे