ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या

सारांश

  • पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएकी चेप्टेगीको बिहीबार निधन भएको छ।
  • केन्याको उत्तर पश्चिम क्षेत्रमा बसोबास गर्दै आएकी रेबेका आइतबार आक्रमणमा परेकी थिइन्।
  • आक्रमणपछि उनको शरिरको अधिकांश भाग जलेको थियो।

२० भदौ , पेरिस ओलम्पिक २०२४ मा भाग लिएर फर्किएको केही दिनमै ३३ वर्षीय म्याराथन धावक रेबेका चेप्टेगीको आगो लगाएर हत्या गरिएको छ।पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएकी चेप्टेगीको बिहीबार निधन भएको छ। केन्याको उत्तर पश्चिम क्षेत्रमा बसोबास गर्दै आएकी रेबेका आइतबार आक्रमणमा परेकी थिइन्। आक्रमणपछि उनको शरिरको अधिकांश भाग जलेको थियो। उनी त्यहीँ प्रशिक्षण लिने गर्थिन्। उनी आफ्ना दुई छोरीसँग चर्चबाट घर फर्किएको समयमा उनीमाथि आक्रमण भएको अधिकारीको भनाइ छ। एक स्थानीय प्रशासकको रिपोर्टमा ओलम्पियन र उनका पूर्वप्रमीले झगडा गरेको उल्लेख छ। यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।केन्यामा महिला खेलाडीमाथि बढ्दो हिंसाका घटनालाई लिएर चिन्ता व्यक्त गरिएको छ। अक्टोबर २०२१ यता केन्यामा मारिने चेप्टेगी तेस्रो खेलाडी हुन्। उनको उपचार गरिएको अस्पतालबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनका बुबा जोसेफ चेप्टेगीले केन्या सरकारलाई न्याय सुनिश्चित गर्न आग्रह गरे। एल्डोरेटको मोई टिचिङ एण्ड रेफरल अस्पतालका प्रमुख डा ओवेन मेनाचले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार उनका सबै अंगले काम गर्न छाडेपछि उनको मृत्यु भएको बताए। चेप्टेगीको पूर्व प्रेमीलाई पनि अस्पतालमा भर्ना गरिएको छ। तर उनको अवस्था गम्भीर छैन।’दुई जनाबीच घरबाहिर झगडा भएको सुनियो। झगडाको क्रममा पूर्वप्रेमीले महिलालाई जलाउनु अघि तरल पदार्थ खन्याएको स्थानीयले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन तस्करी अभियुक्त पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन तस्करी अभियुक्त पक्राउ
खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका
खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका
माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
रास्वपा र राप्रपाको संसद् अवरोध कायमै
रास्वपा र राप्रपाको संसद् अवरोध कायमै
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
धनुषाको जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु
धनुषाको जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा