कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवद्र्धन र पूर्वाधार विकास सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
  • राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
  • उहाँले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास गर्नुभयो ।

१४ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवद्र्धन र पूर्वाधार विकास सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास गर्नुभयो ।

उहाँले प्रभावकारी कुटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको भन्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट वैदेशिक लगानी, सहयोग र ऋण जुटाउने अवसर सिर्जना गरिएको बताउनु भयो । उहाँले खरिद ऐन र निर्माणसँग सम्बन्धित नीति तथा कानुनको पुनरावलोकन गरी संशोधनको प्रक्रिया थालिएको पनि बताउनु भयो । उहाँले व्यक्तिगत तथा संस्थागत क्षमता विकासमा सरकार केन्द्रित रहेको उल्लेख गर्दै नेपाललाई ‘ल्याण्ड लक्ड’ बाट ‘ल्याण्ड लिंक्ड’ देश बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्तरोन्नतिलाई दिगो बनाई राख्न केही कानून खारेज गर्ने, केही संशोधन गर्ने र केहि कानून नयाँ बनाउनु पर्ने अवस्था रहेकोले यसमा प्रक्रिया अघि बढाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी कुटनीतिमार्फत वैदेशिक सम्बन्ध थप सुदृढ गर्ने प्रयास भएका छन् । अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरुको कार्यान्वयनमा प्रभावकारिता बढिरहेको छ ।

द्विपक्षीय बहुपक्षीय सहकार्यबाट पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, लगानी वृद्धि गर्न र ऋण लिन पनि सहयोग पुग्ने गरी अवसर जुटेको छ । खरिद ऐन, निर्माणसँग सम्बन्धित नीति तथा कानूनहरुको अध्ययन गरी संशोधन गर्नेतर्फ केन्द्रित छ । व्यक्तिगत एवं संस्थागत क्षमता विकासमा जोड दिइएको छ । पूर्वाधार तथा कनेक्टिभिटी बढाई नेपाललाई ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्ड देश बनाउने प्रयास भएका छन् । बहुराष्ट्रिय कम्पनिमार्फत मूल्य श्रृंखलाको विकासमा जोड दिने प्रयास गरिएको छ । निजि क्षेत्रमा पर्ने प्रभाव, श्रम तथा रोजगारको क्षेत्रमा गर्नुपर्ने सुधार एवं व्यापारमा पर्ने प्रभावका सम्बन्धमा सरकारले आवश्यक रणनीति तय गरेको छ । सबै पक्षबाट सहयोग जुटाएर नेपालको यो स्थानान्तरण दिगो बनाउने कुरामा नेपाल सरकार लागि परेको छ ।’ प्रधानमन्त्री ओलीले नेपाल सरकार सबै पक्षसँग सहकार्य गर्दै देशको रुपान्तरणलाई दिगो बनाउने लक्ष्यमा दृढ रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
सुरुभयो सगरमाथा आरोहण, ४२१ जनालाई अनुमति
सुरुभयो सगरमाथा आरोहण, ४२१ जनालाई अनुमति
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित