खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २२, २०८१
|
|
२६ पटक हेरिएको
Shares
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित

सारांश

  • अविरल वर्षाका कारण मङ्गलवार आन्तरिकतर्फका उडानहरू प्रभावित बन्न पुगेको छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ११ बजेसम्म एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेका छन् ।
  • आगमनतर्फ खासै समस्या नभएको विमानस्थलले जानकारी दिएको छ ।

२२ साउन, काठमाडौँ । अविरल वर्षाका कारण मङ्गलवार आन्तरिकतर्फका उडानहरू प्रभावित बन्न पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ११ बजेसम्म एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेका छन् । आगमनतर्फ खासै समस्या नभएको विमानस्थलले जानकारी दिएको छ । काठमाडौँबाट भरपुर, पोखरा, सिमरा, भैरहवा, नेपालगन्ज र विराटनगर रुटका जहाजहरू उड्न केही ढिलाइ भएको विमानस्थलले जनाएको छ । बुद्ध एयरको काठमाडौँदेखि भरतपुरका लागि ८ बजेको उडान तालिका रहेको जहाज खराब मौसमकै कारण प्रभावित हुन पुगेको छ । यसैगरी यती एयरलाइन्सको काठमाडौँदेखि सिमराका लागि ८ बजेकै उडान तालिका रहेको जहाज खराब मौसमकै कारण हालसम्म उड्न सकेको छैन । काठमाडौँदेखि पोखराका लागि ९ बजेको उडान तालिका रहेको यती एयरलाइन्सकै अर्को जहाज पनि हालसम्म उड्न नसकेको विमानस्थलले जानकारी दिएको छ ।

बुद्ध एयरको काठमाडौँदेखि पोखरा, काठमाडौँदेखि विराटनगर, काठमाडौँदेखि सिमरा, काठमाडौँदेखि भद्रपुर उडान तालिका रहेका जहाजहरू केही ढिला भएका छन् । यसैगरी यती एयरलाइन्सको काठमाडौँदेखि नेपालगन्ज, श्री एयरलाइन्सको काठमाडौँदेखि भैरहवाको उडान रहेको जहाज समेत खराब मौसमकै कारण प्रभावित हुन पुगेका छन् । यी फ्लाइटका यात्रुहरूको बोडिङ पास भइसकेपनि मौसम नखुल्दा उडान हुन नसकेको विमानस्थलले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा
अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा
साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल
साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु
४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह