चार वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
३६ पटक हेरिएको
Shares
चार वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

सारांश

  •   आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत जेठ २५ गते कोशी प्रदेशबाट मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा यस वर्षको मनसुन प्रणाली प्रवेश गरेको छ ।
  • आज बिहान जारी जारी गरेको बुलेटिनमा पूर्वी भूभागमा मनसुनी वायु, पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

२ असार, काठमाडौं । 

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत जेठ २५ गते कोशी प्रदेशबाट मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा यस वर्षको मनसुन प्रणाली प्रवेश गरेको छ ।

आज बिहान जारी जारी गरेको बुलेटिनमा पूर्वी भूभागमा मनसुनी वायु, पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। ‘कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’ बुलेटिनमा भनिएको छ,  ‘कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका

उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।’ राति पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन
रंगेलीमा विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन
कांग्रेस संसदीय दलको बैठक आज बस्ने
कांग्रेस संसदीय दलको बैठक आज बस्ने
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
एसईईको परीक्षा चैत ७ र १२ को  परीक्षा वैशाख ११ गतेदेखि हुने
एसईईको परीक्षा चैत ७ र १२ को परीक्षा वैशाख ११ गतेदेखि हुने