आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
६७ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
  • हाल देशभर साधारणतया बादल लागेको छ ।

९ भदौ, काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर
पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत
पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरकाे साढे पाँच कराेड सहयोग
कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरकाे साढे पाँच कराेड सहयोग
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध
श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता