जानकी नवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा
सारांश
- मधेश प्रदेश सरकारले जानकी नवमीको अवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
- मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जानकी नवमीको अवसरमा बैशाख २३ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
- मधेश प्रदेश सरकारले यस अघि पनि जानकी नवमीमा सार्वजनिक विदा दिँदै आएको छ ।
२१ वैशाख जनकपुरधाम।
मधेश प्रदेश सरकारले जानकी नवमीको अवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जानकी नवमीको अवसरमा बैशाख २३ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मधेश प्रदेश सरकारले यस अघि पनि जानकी नवमीमा सार्वजनिक विदा दिँदै आएको छ ।
जानकी नवमीको अवसमा देशभरि नै सार्वजनिक विदा दिनुपर्ने मागसहित हिजो(शनिबार) जनकपुरधामका साधुसन्तहरुले सरकारलाई ध्यानकर्षण गराउन जुलुस निकालेका थिए । त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधबार पनि कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको सूचनामा उल्लेख रहेको छ ।




प्रतिक्रिया