परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् ।
  • आइतबार प्रतिनिधि सभामा बोल्दै उनले नेपाली युवाहरु विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन् ।
  • ‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् ।

 

२८ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले नेपाली युवाहरु विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन् ।

‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरु बन्धक हुदाँ पनि श्रम मन्त्रालयले काम गरेको छैन,’ उनले भने । उनले विदेशी भूमिको युद्धहरु नेपालीहरु पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए । उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो । नेपाली नै मरे । प्यालेस्टाइन र इजराइलको युद्धमा पनि नेपाली नै मरे ।

यो कस्तो गरिवी हो यो कस्तो वेरोजगारी हो । सरकार मौन छ ।’ उनले विदेशमा बसेकाहरुले पठाएको रेमिट्यान्सले नै सांसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरुले तलव पाएको भन्दै नुनको सोझो गर्नुपर्ने बताए ।‘आज हामी संसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबैको तलव विदेशमा बसेकाहरुले पठाएको रेमिट्यान्सबाट प्राप्त भएको छ ।हामीले नुनको सोझो गर्नुपर्छ नि पर्दैन र । यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ तर आज कति नेपालीहरु ठगीमा परेका छन् । यदी मन्त्रालयको काम हुँदैन भने मन्त्रालयको काम छैन,’ उनले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ